राजकुमार ह्यारी अमेरिकी अभिनेत्री मर्केलसँग विवाह गर्ने
बीबीसी, बेलायतका राजकुमार ह्यारीले अमेरिकी नायिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भए को छ ।
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी वसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्।
राजकुमार ह्यारी र मार्कलले सन् २०१६ को जुलाई महिना देखि प्रेम सम्बन्धमा थिए । एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।
प्रेमी जोडीको रूपमा राजकुमार ह्यारी र मार्कल गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक रूपमा देखा परेका थिए।