१८ वर्ष पुगेकालाई फौजी तालिम दिऊँ : डा. बाबुराम भट्टराई


३० पुष २०७५, सोमबार
baburam

काठमाडौं, ३० पुस । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले १८ वर्ष उमेर पुगेका सम्पूर्ण नेपालीलाई फौजी तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

baburam

डा. भट्टराईले बाह्य शक्तिबाट बच्न सेना र हात हतियारमा खर्च गर्नु भन्दा मिलिसिया तालिम सञ्चालन गर्नुपर्ने बताएका बताएका छन् । राजधानीमा सोमबार आयोजित ‘नेपालको भूराजनैतिक महत्व र शक्ति राष्ट्रहरूको बढ्दो चासो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै डा. भट्टराईले भने, सेनामा लगानी गर्नुभन्दा जनतामा लगानी गरेर देशलाई बाह्य आक्रमणबाट जोगाउन सकिन्छ ।’

उनले नेपालमा पनि १८ वर्ष उमेर पुगेका सबैलाई मिलिसियाको रुपमा तयार पार्नुपर्ने बताएका हुन् । नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मञ्चद्वारा आयोजित कार्यक्रममा पूर्व राजदूत प्रद्युम्न शाहले शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७