घलेहरुको आफ्नै गौरवमय पहिचान छ : दिनेशकुमार घले


१ माघ २०७५, मंगलवार
dinesh kumar ghale 3

भोजपुरको साल्पासिलिछो गाउँपालिका कुलुङमा जन्मिएका दिनेशकुमार घले घले समुदायको सामुदायिक साझा संस्था लिः ल फङ्ग (घले समाज)का केन्द्रीय अध्यक्ष हुन् । यो समाज घलेहरुको पहिचानको निमित्त क्रियाशिल छ । ०६८ सालको जनगणना अनुसार घले जातिको जनसंख्या २३ हजार रहेको छ । घले समुदाय आफ्नै गौरवमय इतिहास, संस्कृति, भाषा र भुगोल भएको समुदाय भएको अध्यक्ष घले बताउँछन् ।

dinesh kumar ghale 2

नेपालको इतिहासमा शाह र मल्ल वंशअघि नै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षडयन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ । अन्तिम घले राजालाई षडयन्त्रपूर्वक मारिएको गोरखाको निमेल खोलाको पानी अझै पनि घलेहरुले पिउँदैनन् ।

नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको छ । तर, ०६८ सालको जनगणना अनुसार करीव २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकृत नभएको कारण घटक संगठनको मान्यता नपाएको हो । जातिको रुपमा सूचीकरणको लागि आफूहरु लडिरहेको अध्यक्ष घले बताउँछन् । घलेसँग गरिएको कुराकानीको पुरा संवाद :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७