दुई हजार स्थानका मतपेटिका जिल्ला सदरमुकाम आइपुग्यो


११ मंसिर २०७४, सोमबार
mat petika मत पेटिका 5
klxnf] r/0fdf dtbfg ;DkGg ePsf ljs6 ufpFsf] dtbfg s]Gb|sf dtk]l6sfx? x]lnsK6/af6 wflbªa];L ;b/d’sfd NofOk’¥ofOFb} . t:jL/ M ;Ltf/fd clwsf/L, dn]v’ -wflbª_

काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार  मतदान सम्पन्न ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ४१० मतदानस्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन भइसकेको छ ।

mat petika मत पेटिका 5
मतपेटिकाहरु हेलिकप्टरबाट  सदरमुकाम ल्याइपु¥याइँदै । तस्वीर : रासस

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार ४०  मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाममा ल्याउने तयारी भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
अन्य बाँकी ४६७ मतदानस्थलका मतपेटिका पैदल मार्गबाट जिल्ला सदरमुकाममा ल्याउने क्रम जारी रहेको र आज अपराह्न ४ बजेसम्म १५ जिल्लाका सबै मतपेटिका आइसकेको उनले जानकारी दिए ।
आयोगका अनुसार मंगलबार साँझसम्म बाँकी मतपेटिका जिल्ला सदरमुकाम आइसक्ने  छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर १० गते सम्पन्न मतदानमा ६५ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७