एनआईसी एसियाको वित्तीय विवरण सार्वजनिक, बैंककाे प्रगतिमा छलाङ


२ माघ २०७५, बुधबार
NIC Asia Bank

काठमाडौं, २ माघ । एनआईसी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेको छ । बैंकले बुधबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिर्पो्िटङ स्ट्याण्डर्ड (एनएफआरएस) प्रणाली अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैकको प्रगतिमा छलाङ मारेको हो ।

व्यवसाय विस्तारमा आक्रमक रुपमा प्रस्तुत भएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ५७.१८ करोड रहेको थियो ।

यस्तै बंैकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु.२१४ अर्ब पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब निक्षेप संकलनतर्फ वार्षिक विन्दुगत आधारमा ४६प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु¥याउन सफल भएको हो । उक्त वृद्धि नेपाली बैँकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो ।

बैंकको प्रतिशेयर आम्दानी प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७ पैसाले बढेर वार्षिक ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ । गत वर्ष यस्तो आम्दानी १४ रुपैयाँ २४ पैसा थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९३ पैसा, तरलता अनुपात २०.८१ प्रतिशत छ भने मूल्य आम्दानी अनुपात ११.२५ र कूल सम्पतिमा प्रतिफल १.४१ प्रतिशत छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यो उपलब्धि हासिल गरेको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाले बताएका छन् ।

एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक पनि हो । बैंकले देशभर २७३ शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै ग्राहकको संख्या करिब १४ लाख ५० हजार बढी रहेको छ ।

फ्रि प्रोफिट एक अर्ब २६ करोड

एनआईसी एशियाको ६ महिना अवधिको वितरण योग्य नाफा (फ्रि प्रोफिट) एक अर्ब २६ करोड छ । गत वर्ष बैंकको फ्रि प्रोफिट ५७ करोड १७ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्ट वापत २५ करोड १२ लाख रुपैयाँ व्यवस्था गरेको छ । एनएफ आरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरे पश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

निक्षेप संकलन र कर्जा लगानीमा बढोत्तरी

एनआईसी एशिया बैंकले यस अवधिसम्ममा एक खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४९ अर्ब ३० करोड कर्जा परिचालन गरेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निक्षेप एक खर्ब २० अर्ब तथा कर्जा एक खर्ब बढी रहेको थियो ।

खुद ब्याज आम्दानी ३ अर्ब ६० करोड

एनएफआरएस अनुसार बैंकले खुद ब्याज आम्दानीबाटै ३ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम ६ महिना अवधिमा बैंकको खुद ब्याज आम्दानीबाट एक अर्ब ५४ करोड आर्जन गरेकोे थियो । यस अवधिमा बैंकले ९ अर्ब ६५ करोड ६१ लाख ब्याज आम्दानी गरेर ६ अर्ब ४ करोड ८५ लाख ब्याज खर्च गरेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । भने जगेडा कोषमा ४ अर्ब ४१ करोड जम्मा भएको छ । यस अवधिमा बैंकको आधार ब्याजदर ९.३३ प्रतिशत छ । जुन गत वर्षको यसै अवधिको तुलनामा भन्दा कम हो । बैंकको स्प्रेड दर भने ४.९८ प्रतिशत छ । बैंकको निक्षेप लागत ७.१६ प्रतिशत छ । बैंकको पूँजी कोष अनुपात ११.९७ प्रतिशत छ । बैंकको खराब कर्जा अनुपात सामान्य बढेर ०.३० प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.७१ प्रतिशत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७