एमाले रिझाउँदै कांग्रेस-माओवादी


१२ मंसिर २०७४, मंगलवार
uml congress and moist

काँकडभिट्टा : झापा क्षेत्र नं. १ का कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्मा र माओवादी केन्द्र उम्मेदवार सुरेन्द्रकुमार कार्कीको वैचारिक दर्शन छेउटुप्पो मिल्दैन तर चुनाव जित्ने रणनीति एउटै छ । एमाले समर्थकलाई पटक्कै नचिढ्याउने। मेचीनगरको लीलाबस्तीमा सोमबार बिहान घरदैलो गर्दै वाम गठबन्धनका साझा उम्मेदवार कार्कीले एमाले नौमहिने सरकारको गाथा गाउँदै भने, ‘मनमोहन अधिकारीले सुरु गर्नुभएको वृद्धभत्तालाई ५ हजार रुपैयाँ पुर्‍याउँछौं। एमाले र माओवादी सरकारले हिजोका दिनमा गरेका उपलब्धिलाई अझै बल दिन्छौं।’  आजको अन्नपूर्णमा सन्त बस्नेतले लेखेका छन्।UMl congress moist

सोमबारै दिउँसो काँकडभिट्टाको खानेपानी कार्यालय भवनमा कांग्रेसका उम्मेदवार शर्माले भने, ‘आदरणीय मनमोहनले आफ्नो गाउँ आफैं बनाऔं भन्नुभयो, त्यो भनेको आफ्नो क्षेत्र आफैं बनाऔं पनि भनेको हो। हामी बनाएर देखाउँछौं।’

यसअघि ०७० को चुनावमा झापा-१ एमालेका रविन कोइरालाले जिते पनि वाम गठबन्धन बनेपछि यो क्षेत्र माओवादी केन्द्रको पोल्टामा पर्न गयो। माओवादी युद्धकालदेखि पूर्वमा राजनीतिक आधार बनाउँदै आएका कार्कीलाई माओवादीले अघि सार्‍यो।

झापाका अन्य क्षेत्रको तुलनामा माओवादी शुभचिन्तकको संख्या क्षेत्र १ मा बढी देखिन्छ। माओवादीले कार्कीको बौद्धिक छविलाई उपयोग गर्दै चुनाव जित्ने रणनीति बनाएको हो। कार्कीको प्रवेशसँगै एमाले समर्थकको मत बाँडिन सक्ने आकलनमा रहेका शर्माले आफ्नो सम्पूर्ण ऊर्जा एमाले मतदाताको मत र मन खिच्न प्रयोग गरेका छन्।

एमाले मतदाता नबाँडिउन् भन्नेमा सचेत कार्कीको अधिकांश समय एमाले अध्यक्ष केपी ओलीको प्रशंसा र प्रदेशका लागि उठाइएका एमालेतर्फका गोपाल बुढाथोकीलगायत वाम उम्मेदवारको प्रशंसामा बित्छ। यसअघि यसै क्षेत्रमा एमाले उम्मेदवार कोइरालासँग पराजित शर्माले भर्खरैको नगरपालिका चुनावमा भने कांग्रेस मेयर जिताउन सफल रहे।

हार्दिकताबाट सुरु शर्मा र कार्कीको सम्बन्धमा विस्तारै तिक्तता पैदा हुन थालेको प्रस्ट बुझिन्छ। कार्की मतदातासमक्ष हात जोड्दै सर्वत्र धनकी देवीको पूजा हुने गरेको, विद्या र विवेककी देवीको पूजा खै रु भन्दै प्रश्न गरिरहेका छन्। उनी क्षेत्र, इलाका, आफन्त नहेर्न, केवल शत्रु र मित्र चिन्न आग्रह गर्छन्। आफ्नो प्रचारमा उनले एमालेका सफा छविहरूलाई अघि सारेका छन्। त्यसमा वृद्ध, महिला, जनजाति र बुद्धिजीवी पर्छन्।

शर्मा पनि के कम। अगुवा कार्यकर्ताबीच झन्डै आधा घन्टा लामो भाषण क्रममा उनले मतदाता फकाउने सूत्र दिए( सुषुप्त कांग्रेस समर्थकलाई सक्रिय बनाउने। अनि अरू पार्टीका आस्थावान्लाई बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म गएर कुनै पनि हालतमा कन्भिन्स गर्ने। आफ्नो भोट संगठित गर्ने, अरूलाई तान्ने। शर्माले पटक(पटक उच्चारण गरेका ‘अरू’ कोही नभएर एमाले समर्थक नै हुन्। आफ्नो भाषण क्रममा शर्माले एमालेको आलोचनामा एउटा शब्द पनि उच्चारण गरेनन्। बरु कार्कीलाई वाम गठबन्धनका उम्मेदवार नभई ‘माओवादीका उम्मेदवार’ भनी साँघुरो दायरामा सीमित गर्न खोजे।

वाक्पटुतामा शर्मा र कार्की दुवैलाई कसले सक्ने १ दुई ‘किताबी किरा’ हरूको मतदाता फकाउने रणनीति भने १८० डिग्री फरकको छ। कार्की अरू पार्टीका उम्मेदवारलाई चिया, खाना, बास दिए पनि भोटचाहिँ वर्गीय मित्रलाई दिनुपर्ने कथन जोड्छन्। उनी भोट हाल्ने बेला आफन्त नहेर्न, बरु मार्क्स गुरुले दिएका विचार सम्झन आग्रह गर्छन्। शर्माचाहिँ बाहुनडाँगीको हात्ती नियन्त्रण र सिद्धिखोलाको ऊर्जालाई बिजुली बनाउने योजनामा सघाउन मतदाता फकाउँछन्। अरू बेला विश्वराजनीतिका उतारचढावका विश्लेषणमा उत्तिकै रुचि राख्ने शर्माको ध्यान यसपटक कार्कीलाई जसरी पनि ‘बाहिरिया’ प्रमाणित गर्नुमा छ। त्यसैले अति स्थानीय मुद्दालाई प्रचारको केन्द्रमा राखेका छन्।

कार्की भने ‘जन्म र मृत्यु कसैको हातमा नहुने’ भन्दै क्षेत्रको नभई एजेन्डाको राजनीति गर्न चुनौती दिन्छन्। ‘झापाको सामन्तले झापाको गरिबलाई शोषण गर्छ, बाहुनडाँगीको मानिसले बाहुनडाँगीकै मानिसलाई ठग्न सक्छ,’ कार्की जवाफ दिन्छन्, ‘झापाका बच्चाहरू सिलिगुडीको अस्पतालमा जन्मन्छन्, के अब तिनीहरू सिलिगुडीका भए रु ’

उनले नेपालभित्र कोही पनि नेपाली टुरिस्ट नहुने भन्दै शर्माको चिन्तनशैलीमाथि प्रश्न उठाए। झापाबाट एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता कृष्ण सिटौलालगायत शीर्षस्थहरू लड्ने तयारीमा रहे पनि वाम र लोकतान्त्रिक गठबन्धनका यी दुई बौद्धिक प्रत्याशीको मत-भिडन्तले गर्दा क्षेत्र नम्बर १ को प्रतिस्पर्धा सबैको चासोमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७