धेरै कर्मचारीको रोजाइ स्थानीय तह, खटाइने कर्मचारीको यसरी बन्दैछ तालिका


३ माघ २०७५, बिहीबार
karmachari sarkari psc 768x390 1

काठमाडौं, ३ माघ । शुरुमा प्रदेश र स्थानीय तहमा जान आनाकानी गरिरहेका कर्मचारीले अन्ततः कर्मचारी समायोजनमा भने स्थानीय तहलाई नै बढीले रोजेका छन् ।

karmachari sarkari psc 768x390 1

संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत आफ्नो नाम दर्ता गराएका छन् । बुधबार राति १२ बजेसम्ममा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेको कर्मचारी समायोजन तथा संगठन महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले जानकारी दिएका छन् ।

सबैभन्दा धेरै कर्मचारीले स्थानीय तहमा समायोजन हुन फारम भरेका छन् । तीन लाख ४५ हजार २२५ जनाले स्थानीय तह, ५८ हजार ६२३ जनाले प्रदेश र ४६ हजार २७० जनाले संघमा समायोजन हुन फारम भरेका पनेरुले जानकारी दिएका छन् ।

यस्तै ५ हजार भन्दा बढीले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी छ । सहसचिव पनेरुले समायोजन हुन आएका आवेदनका आधारमा आजैदेखि विवरण संकलन गरेर खटाइने कर्मचारीको तालिका बनाइने र त्यसको सेवा समूह सञ्चालन गर्ने जिम्मेवारी मन्त्रालयले लिने जानकारी दिएका छन् ।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । सरकारले स्थानीय तह जाने कर्मचारीका लागि थप आकर्षक प्याकेज घोषणा गरेका कारण पनि स्थानीय तह रोज्ने कर्मचारी बढेको हुनसक्ने मन्त्रालयले जनाएको छ ।

यस्तै कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र सरकारबीचको ९ बुंदे समहतिमा स्थानीय तहमा समायोजन हुने कर्मचारीको वृत्तिविकास र सरुवा–बढुवामा समस्या नहुने प्रतिवद्धताका कारण पनि स्थानीय तहमा कर्मचारीको आकर्षण बढेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७