लखन थापाको शालिक नराखे जुनसुकै मूल्य चुकाउन तयार: जनजाति महासंघ


१० आश्विन २०७४, मंगलवार
Lakhan thapa

काठमाडौँ: पोखराको पृथ्वी चोकमा अवस्थित नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक मध्यरातमा भत्काएको प्रति आदिवासी जनजाति महासंघ घोर भत्र्सना प्रेस विज्ञप्ती मार्फत गरेको छ ।

Lakhan thapa

प्रेस विज्ञप्तीमा भनिएको छ, सहमतिबमोजिम कार्य नभएमा आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी संगठन नेपाल आदिवासी जनजाति महासंघले जुनसुकै कदम उठाउन तथा मूल्य चुकाउन तयार रहेको र त्यसबाट उत्पन्न हुने परिस्थितीको सम्पूर्ण जिम्मेवार नेपाल सरकार र संयन्त्रहरू स्वयम् हुने समेत जानकारी गराएको छ ।

आदिवासी जनजातिका पहिचान र प्रतिष्ठासँग सम्बन्धित धरोहरहरू राज्यसरकारले सुनियोजित रुपले नामेट पार्दै जाने षड्यन्त्रप्रति सम्पूर्ण आदिवासी जनजातिहरू सजग, सर्तक रहन र त्यस खाले विभेदपूर्ण कार्यका बिरुद्ध आ(आफ्नो ठाउँबाट सशक्त आवाज उठाउन सम्पूर्ण आदिवासी जनजातीय संस्था र संगठनहरू र आदिवासी जनताहरूलाई महासंघ आग्रह गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद् कास्की र नेपाल मगर संघ, जिल्ला समिति कास्कीलगायत आदिवासी जनजातिहरूको पूर्व जानकारी, परामर्श र सहमति बिना गुरिल्ला शैलीमा लखन थापा मगरजस्तो विभुतिको शालिक भत्काइएकोमा पुनः घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब राज्यको कोषबाटै सहिद थापाको शालिक पुनःप्रतिष्ठापन गर्न महासंघ जोड्दार माग गरेकाे छ ।

नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद् कास्कीको उपस्थितीमा नेपाल मगर संघ, कास्की, नेपाल सरकार जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा महानगरपालिकाबीच २०७४ असोज १० गते नेपालका गौरवमय शहिद लखन थापाको शालिक पुनःप्रतिष्ठापन खर्च पोखरा महानगरपालिकाले र निर्माणका कार्यको व्यवस्थापन मगर संघ, कास्कीले गर्नेलगायत भएको १० बुँदे सहमतिबमोजिम अक्षरशः कार्य गर्न गराउन महासंघ विशेष आग्रह पनि गरेकाे छ ।

मुलुकको परिवर्तनका लागि राणाकालिन कालरात्रिका बिरुद्ध लड्ने योद्धाको शालिकको संरक्षण र सम्मान राज्य सरकारले गर्नुपर्नेमा सडक बिस्तार गर्दै तथाकथित विकासको नाममा नियोजित रुपले गौरवमय पुर्खाको शालिकलाई हटाउनु र क्षतविक्षत बनाएकोमा महासंघले निन्दा व्यक्त गरेको छ ।

प्रेस विज्ञप्ती

bigaypti

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७