तीन नम्बर प्रदेशको मुख्यमन्त्रीमा मेरो दावी छ : गगन थापा


१० आश्विन २०७४, मंगलवार
GaganThapa

काठमाडाै : काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दावी रहेको बताएका छन् । मुख्य मन्त्री बनेर प्रदेशलाई समृद्ध बनाउने आफ्नो चाहना रहेको उनको भनाई छ ।

GaganThapa

नेपल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले जिम्मेवारी दिए आफु मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा रहेको बताए । थापाले भने, ‘प्रदेशलाई बलियो बनाउन आवश्यक छ ।’ स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले तालमेलमा जानसक्ने भए पनि छलफल आवश्यक रहेको उनले बताए ।

एक फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सकले कामै रोकेर आन्दोलन गर्नु राम्रो नरहेको बताए । आन्दोलनका स्वरुप अरु पनि हुन सक्ने बताउँदै उनले संवादबाट समस्याको समाधान निकाल्न आग्रह गरे ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् । तर, मुख्यमन्त्रीको उम्मेदवार हुने शर्तमा उनी प्रदेशसभामा जान तयार भएको यसअघि नै बताउदै आएका थिए । उनले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव जानुपर्ने र आफू ३ नम्बर प्रदेशको दाबेदार भएको सन्देश पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याइसकेक छन् ।

थापा बाहेक अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, नरहरि आचार्य, नवीन्द्रराज जोशी, मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय लगायतले दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७