८८ वर्षीय वृद्धले यस्तो प्रस्ताव राखेपछि…


१२ मंसिर २०७४, मंगलवार
John

वासिंगटन : अमेरिकी संसदमा निकै लामो समय सेवा गरेका वरिष्ठ डेमोक्रेटिक सांसद जोन कनयर्सले यौन दुव्र्यवहारको आरोप लागेपछि न्यायिक समितिको सदस्यबाट राजीनामा दिएका छन् ।अाजकाे राजधानी दैनिकमा खबर छ  ।

John
आफूले कुनै पनि प्रकारको यौन दुव्र्यवहार नगरको स्पष्ट पार्दै उनले आफूमाथि लागेको आरोपबाट सफाइका लागि राजीनामा दिएको पनि बताएका छन् । मिशिगनबाट प्रतिनिधित्वि गर्ने सांसद कनयर्सकी एक कर्मचारीले आफूले यौन सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा जागिरबाट हटाएको आरोप लगाएकी छन् ।
अमेरिकाका मानवअधिकारवादी नेता समेत रहेका कनयर्स अमेरिकी कंग्रेसमा सने १९६५ मा चयन भएका थिए । उनीमाथि अमेरिकी संसदको ‘इथिक्स कमिटि’ ले उनीविरुद्ध यौन दुव्र्यवहार र उमेर विभेदका विषयमा छानविन सुरु गरेको छ । ८८ वर्षीय डेमोक्रेट कनयर्स सन् १९६० को दशकमा राष्ट्रपति लिण्डन जनसनको मातहतमा काम गर्ने अन्तिम सांसद थिए ।
अमेरिकी सञ्चारमाध्यम, हलिवूड र राजनीतिका प्रभावशाली व्यक्तिविरुद्ध यौन दुव्र्यवहारको अभियोग शृङखलाबद्ध रुपमा आइरहेका बेला बयोवृद्ध सांसद कनयर्समाथि पनि यस्तै आरोप आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७