मत सर्वेक्षण गरेमा कारबाही गरिने आयोगको चेतावनी


१२ मंसिर २०७४, मंगलवार
nirbachan aayoga

काठमाडौँ  : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गरेमा कारबाही गरिने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगमा मङ्सिर ११ गते सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान मङ्सिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने बताए ।

निर्वाचत आचारसंहिता विपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लङ्न गरेवापतको कारबाही गरिने चेतावनी उनले दिएका छन् ।

निर्वाचन आचारसंहिता विपरीत गरिने मत सर्वेक्षणबाट स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गराउने कार्यमा समेत नकारात्मक प्रभाव पर्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता विपरीत गरिने मत सर्वेक्षणलाई सञ्चार माध्यममा स्थान नदिन समेत आम सञ्चार माध्यमहरूसँग आग्रह गरेका छन् ।।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद – २ को ४ (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख गरिएको ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले आचारसंहिताको यस्तो नियमको जिकिर गरिरहदा सञ्चार विज्ञले यसलाई मान्न तयार छैनन् । मत सर्वेक्षण गर्न पाउँनुपर्ने मिडियाको अधिकार भएको बताउँदै नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले मिडियाले विवेक प्रयोग गर्ने विषय भएको बताएका छन् ।

‘मत सर्वेक्षण’ आफैमा जोखिमपूर्ण काम हो, यसमा बदनियत देखियो भने सम्बन्धित सञ्चार माध्यम प्रति पाठक, दर्शक र श्रोताको विश्वास क्षण भरमै ध्वस्त हुन्छ’ गाउँलेले भने, ‘यति चुनौतिपूर्ण काममा प्रतिबन्ध लगाएर निर्वाचन आयोगले बहादुरी नदेखाए हुन्छ, यो मिडिया÷पत्रकारले विवेक प्रयोग गर्ने विषय हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७