‘डा. केसी आफैं प्रधानमन्त्री भएपनि उनको शतप्रतिशत माग पूरा गर्न सम्भव छैन’


५ माघ २०७५, शनिबार
Gokul Baskota
g]kfn kqsf/ dxf;+3 eQmk’/sf] ;fwf/0f;ef ;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb afF:sf]6f zlgaf/ g]kfn kqsf/ dxf;+3 eQmk’/ lhNnf zfvfsf] @! cf}F ;fwf/0f;efdf dGtJo JoQm ub}{ . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

भक्तपुर, ५ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले अनसनरत डा गोविन्द केसीले द्वन्द्वकालका मुद्दा समेत उठाएर भ्रम छर्न खोजेको बताएका छन् । 

Gokul Baskota
नेपाल पत्रकार महासंघ भक्तपुरको साधारणसभा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा ।
तस्बिर :- रमेश गिरी, भक्तपुर, रासस

द्वन्द्वकालका मुद्दा र  मेडिकल क्षेत्रबीच कुनै सम्बन्ध नभएपनि डा. के.सीले यस बारेमा जोडेर भ्रम छर्न खोजेको उनको भनाई  छ । 

शनिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको २१ औं साधारणमा कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले केसीको शतप्रतिशत माग पूरा गर्न उनी आफैं प्रधानमन्त्री भएपनि सम्भव नभएको बताए । 

बाँस्कोटाले सरकारले सबैलाई हेर्ने दृष्टिकोण बराबरी हुने बताउँदै भने ‘सबै जनताको माग पुरा गर्ने दायित्व सरकारको हो, डा केसीको मात्र होइन ।’

अर्को प्रसंगमा उनले सञ्चार जगतले सत्य र तथ्यमा आधारित भएर पत्रकारिता गर्नु पर्नेमा जोड दिए । 

सरकार पत्रकार जगतको हकहितको लागि सदैव तयार रहेको भन्दै उनले न्युनतम पारिश्रमिक कुनै पनि हालतमा लागू हुने बताए । 

कार्यक्रममा नेकपाका सांसद महेश बस्नेतले पत्रकारिता जगतले अब राजनीतिक मुद्धामा भन्दा पनि सम्वृद्धिका विषयमा कलम चलाउनु पर्ने समय आएको बताए । 

सो अवसरमा शुभकामना मन्तब्य दिँदै केन्द्रीय अध्यक्ष गोविन्द आर्चाय, उपाध्यक्ष दीलिप थापामगर, नेकपाका नेता बचन देउजा, कांग्रेसका दूर्लभ थापालगायतले सञ्चार क्षेत्रले सकारात्मक विषयलाई महत्व दिनु पर्ने बताए । 

उक्त अवसरमा पत्रकार महासंघ भक्तपुरले हरेक वर्ष प्रदान गर्दै आएको स्व. मैयाँदेवि शिल्पकार स्मृति पत्रकाररिता पुरस्कार कान्तिपुर टेलिभिजनका पत्रकार नारायण सुन्दर किलम्बुलाई प्रदान गरिएको छ  । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७