म्यानमारकी नेतृ ‘आङ सान सू ची’लाई दिइएको सम्मान फिर्ता लिइयो


१२ मंसिर २०७४, मंगलवार
म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको सम्माननै खोसेर फिर्ता लिइयो1059

बीबीसी: म्यानमारकी नेतृ ‘आङ सान सू ची’लाई दिइएको फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्डु सम्मान फिर्ता लिइएको छ।म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको सम्माननै खोसेर फिर्ता लिइयो1059

सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन्। स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाएका छन्। उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन्।

यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजुले सू चीको तस्वीर कलेजबाट हटाइएको थियो। संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार भन्दै आएको छ। तर सू चीले त्यो अस्वीकार गर्दै आएकी छन्।

गत अगष्ट महिनायता ६ लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरु म्यानमारबाट भागेर बांग्लादेश पुगेका छन्। पछिल्लो समय कतिपयले सू चीलाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७