यी हुन् विश्वकै खतरनाक जागिर, तलब सुन्दा परिन्छ चकित (तस्विरसहित)


६ माघ २०७५, आईतवार
1 1

काठमाडौं, ६ माघ । मानिसका लागि जागिर भन्दा ठूलो कुरा ज्यान हो । यसैले त जागिरमा लाग्नुअघि यसमा आफू कति सुरक्षित छु भन्ने कुरा सबैको चासोको विषय बन्छ । तर, यहि संसारमा मानिस कतिसम्म खतरा मोलेर जागिर खाइरहेका छन् भन्ने कुरा सुन्दा तपाई चकित बन्नु हुनेछ ।

1 1

संसारमा यस्ता केहि काम अर्थात जागिरलाई अत्यन्त खतरा मानिन्छ । तर मानिस जीविकोपार्जनका लागि यतिविघ्न जोखिमपूर्ण काममा पनि आफूलाई लगाइरहेका छन् । यहाँ हामी तपाईलाई यस्तै केहि खतरनाक जागिरका विषयमा जानकारी गराउँदैछौं । जसले तपाईलाई चकित मात्र बनाउने छैन, उनीहरुको आँट देखेर आश्चर्यमा समेत पार्नेछ ।

आयल वेल ड्रिलर
विश्वमा नै खतरा मानिएको यो काम खानीबाट तेल निकाल्ने हो । यो काम गर्ने व्यक्तिले महिनाकै लाखौं रुपैयाँ कमाउने गर्छन् ।

1 1

लोकोमोटिव इन्जिनियर
ट्रेनको इन्जिन बिग्रिएको अवस्थामा इन्जिन फेर्नका लागि राखिएका यिनीहरुको काम पनि निकै खतरनाक हुन्छ । त्यसैले यो जागिर विश्वमा नै खतराको सूचीमा राखिएको छ । उनीहरुको पारिश्रमिक पनि लाखौं भन्दा बढी रहेको हुन्छ ।

2 2

डीप सी फिसिङ्ग
समुन्द्रको बीचमा माछा मार्ने यो काम पनि निकै खतरनाक मानिन्छ । समुन्द्रमा माछा थुप्रै पाइने भएकाले र यो काम गर्न हत्तपत्त कोही पनि राजी नहुने भएकाले यो काम गर्नेलाई मासिक लाखौं पारिश्रमिक दिने गरिन्छ ।

3 2

एयरक्राफ्ट मेकानिक
सुन्दै चुनौतिपूर्ण रहेको यो काम विमानको इन्जिन मर्मत गर्ने हो । थोरै गल्ती गर्दा ज्यान जान सक्ने भएकाले जुन क्षेत्रमा काम गर्ने मानिसको संख्या निकै कम हुने गर्छ । यो काम गर्ने व्यक्तिको पनि पारिश्रमिक निकै रहेको हुन्छ ।

4 3

विन्डो ग्लास क्लिनर
निकै अग्ला गगनचुम्बी घरहरुमा राखिएका सिसाहरु मर्मत र सफा गर्ने काम पनि निकै कष्टपूर्ण रहेको हुन्छ । यो काम गर्दा पनि ज्यान जोखिममा पर्ने हुँदा पारिश्रमिक पनि निकै लिने गर्छन् । एजेन्सी

5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७