नयाँशक्तिका तथा पूर्वएआइजी गणेशराज राईले नयाँ पार्टी छाडे


प्रकाशित मिति : November 28, 2017

काठमाडौं : नयाँशक्ति पार्टीका नेता तथगा पूर्वएआइजी गणेशराज राईले पार्टी परित्याग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै राईले नयाँ शक्ति पार्टीबाट राजीनामा दिएर परित्याग गरेको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा भनेका छन्, ‘अपेक्षा तथा यथार्थतामा जमीन र आकाशको फरक हुँदो रहेछ । नयाँशक्ति पार्टीमा विधिको शासन हुनुपर्छ, नेताहरु पनि प्रणालीमा चल्नुपर्छ । अनुशासन र निष्ठा नेतृत्वका गुणमा हुनुपर्छ भन्ने मान्यता जति गर्दा पनि स्थापित गर्न सकिएन, त्यसैले मैले आफूलाई राजनीतिबाट अलग राख्ने निर्णय लिएको छु ।’
पूर्वएआइजी राईले ट्राफिक प्रहरी प्रमुख भएका बेला काठमाडौंको सडक विस्तारमा महत्वपूर्ण भूमिका खेलेका उनले राजनीतिबाट अलग भएको बताएका छन् । तर उनले राजनीति छोडेपनि नागरिकका रुपमा देशका लागि आफुले भूमिका खेल्ने राईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्