विप्लवलाई केपी ओलीको प्रश्न: खेदेको राजा कि तपाईंलाई नै ल्याएर राजा बनाउनु पर्ने हो ? (भिडियो)


१२ मंसिर २०७४, मंगलवार
Kp oli dadeldhura

ललितपुर: लतिलपुरको लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ । सभा स्थलबाट करिब ५ सय मिटरको दुरीमा रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।Kp oli dadeldhura

ललितपुरको लगनखेलस्थित सभामा बोल्दै ओलीले विप्लव नेतृत्वको नेकपातर्फ संकेत गर्दै निर्वाचन नभएर के हुनुपर्ने हो भन्दै प्रश्न गरे । ”निर्वाचन नभए के हुनुपर्ने हो ?’ ओलीले भने, ‘के अब खेदिएको राजालाई ल्याएर फेरि थपक्क राखिदिनुपर्ने हो रु कि त बम पड्काउनेलाई नै ल्याएर राजा बनाइदिने हो र?’

लगगनखेलमा ओलीले यस्तो प्रश्न गरिरहँदा सभास्थल छेउमा बम बिस्फोटको घटना भएको थियो । सोही कार्यक्रममा ओलीले कांग्रेसको गठबन्धन लोकतान्त्रिक गठबन्धन नभएको बताए । कयौंपटक सरकारको नेतृत्व गर्दा कांग्रेसले देशमा विनाश गरेको भन्दै अब वामपन्थीको पालो आएको बताए ।

दिउँसो गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन शुरु गर्ना साथ विस्फोटको ठूलो आवाज आएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७