एकदिवसीय सिरिजका लागि रोहित शर्मा नयाँ कप्तान


१२ मंसिर २०७४, मंगलवार
Rohit Sharma

एजेन्सी: भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बिसिसिआई० ले २४ मंसिरदेखि सुरु हुने श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा नियमित कप्तान विराट कोहलीको ठाउँमा रोहित शर्मालाई जिम्मेवारी दिएको छ।Rohit Sharma

यसअघि नै कोहलीले बिसिसिआईसँग आराममा दिन आग्रह गरेका थिए। श्रीलंका विरुद्धको एकदिवसीय सिरिजमा रोहित शर्मासँगै शिखर धवन, अजिन्का राहाणे, श्रेयस इयर, मनिष पाण्डे, केदार जादव, दिनेश कार्तिक, महेन्द्रसिंह धोनी, हार्दिक पान्ड्या, अक्षर पटेल, कुलदिप यादव, युजभेन्द्र चाहल, जसप्रित बुमराह, भुवनेश्वर कुमार र सिद्धान्त कउल छन्।
एकदिवसीय सिरिजपछि हुने टी–२० सिरिजका लागि आगामी साता टिम घोषणा गरिनेछ। भारतले श्रीलंकासँगको सिरिज पछि दक्षिण अफ्रिका भ्रमण गर्नेछ।
श्रीलंकाविरूद्ध तेस्रो टेस्टका लागि समेत बिसिसिआईले टोली घोषणा गरेको छ। टिममा खास ठूलो परिवर्तन केही छैन। यो सिरिजको कप्तानी कोहलीले नै गर्ने भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७