संविधानको सफल कार्यान्वयनका लागि निर्वाचन : नेता नेम्वाङ


१२ मंसिर २०७४, मंगलवार
subash nembang

इलाम: पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार सुवास नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् मात्र देशमा विकास र समृद्धिको ढोका खुल्ने बताएका छन् ।subash nembang

वाम गठनबन्धनले इलाम नगरपालिकाको बरबोटेमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले संविधानसभाबाट संविधान मात्र बनाएर नपुग्ने भएकाले यसको सफल कार्यान्वयनका लागि स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आवश्यक रहेकाले निर्वाचन हुन गइरहेको बताए ।

उनले भने, “वाम गठबन्धनले यो निर्वाचनपछि एक भएर सरकार निर्माण गर्छ र त्यो सरकार पाँच वर्ष चल्छ ।” इलाम २ नं क्षेत्रको विकासका लागि विगतमा पनि आफूले धेरै पहलकदमी लिएको र अहिले पनि केन्द्रमा निरन्तर खबरदारीसमेत गरिरहेको बताए ।

उनले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेको बताउँदै आगामी दिनमा पनि विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७