कसैले साथीको आमासँग त कसैले श्रीमतीसँग सम्बन्ध राखेका यी हुन् ६ विवादस्पद प्रेम कहानी


९ माघ २०७५, बुधबार
3infamous stories of 2 H5vN4zdapq

काठमाडौं, ९ माघ । खेलको दुनियाँमा एकातर्फ साथीको विभिन्न जोडी चर्चित रहेको छ भने कोहीले साथीको नामलाई बदनाम गरेका छन् । केही नाम यस्ता छन् जसले साथीको नाममा यस्ता धोका र घाउ दिएका छन् जुन बिर्सन सजिलो छैन ।

3infamous stories of 2 H5vN4zdapq

उदाहरणका लागि भारतीय क्रिकेटर दिनेश कार्तिक र मुरली विजयलाई लिन सकिन्छ । दिनेश कार्तिककी श्रीमती अब मुरली विजयकी श्रीमती हुन् । यस्तै, चर्चित बास्केटबल खेलाडी जेम्स लेब्रायनका साथीले उनलाई योभन्दा ठूलो धोका दिए । लेब्रायनका साथीले उनकी आमासँग यौन सम्बन्ध स्थापित गरे ।

1infamous stories of LjJHSov3s8

तमिलनाडुका स्टार विकेटकिपर दिनेश कार्तिक र क्रिकेटर मुरली विजय कुनै बेला निकै मिल्ने साथी थिए । दुबैले सँगै फर्स्ट क्लास क्रिकेट खेले । आइपीएलमा पनि केही समयसम्म यी खेलाडी सँगै खेले तर अब यी दुबै एक–अर्काको अनुहार पनि हेर्न चाहँदैनन् । सन् २००७ मा कार्तिकले आफ्ना बालसखा निकितासँग विवाह गरेकी थिइन् तर उक्त कथाको चाँडै नै अन्त्य पनि भयो ।
सन् २०१२ मा आइपीएल–५ को क्रममा कार्तिक र निकिता सँगै घुमे । यसै क्रममा निकिताको सम्बन्ध कार्तिकका साथी क्रिकेटर मुरली विजयसँग नजिकियो । यो कुरा कार्तिकलाई थाहा भएपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

2infamous stories of 1 VLv77duhnr

सम्बन्धविच्छेद भएलगत्तै निकिताले मुरली विजयसँग विवाह गरिन् । आज निकिता र मुरली विजयका दुई सन्तान छन् । यस्तै, कार्तिकले सन् २०१५ मा भारतीय स्क्वेश स्टार दीपिका पल्लीकलसँग विवाह गरिसकेका छन् ।

बास्केटबल खेलाडी टोनी पार्कर र ब्रेन्ट ब्यारीको कथा पनि निकै चर्चित रह्यो । दुबैको निकै राम्रो दोस्तीको निकै चर्चा हुने गर्दथ्यो । तर उनीहरुको सम्बन्धमा त्यतिबेला समस्या आयो जब ब्रेन्टलाई टोनी र आफ्नी श्रीमती एरिनबिचको सम्बन्धबारे थाहा भयो । ब्रेन्ट र एरिनको २३ वर्षे (सने १९८८–२०११) पुरानो सम्बन्ध टुट्यो । यो अचम्मित गरिदिने खबरपछि टोनी पनि आफ्नो विवाह बचाउन सकिनन् र एवाले उनीसँग सम्बन्धबिच्छेद गरे ।

4infamous stories of 3 s0wmowALKG

हक्कीका चर्चित खेलाडी पावेलको टेनिस जगतकी सबैभन्दा सुन्दर खेलाडी मानिने अन्ना कोर्निकोवासँग सम्बन्ध थियो । उक्त सम्बन्ध सन् १९९९ देखि २००१ सम्म चल्यो । यो सम्बन्धको अन्त्य निकै नाटकीय तरिकाले भएको थियो । वास्तवमा, सन् २००१ मा अचानक रसियाली टेनिस स्टारले पावेलका नजिकका साथी सर्जेई फेडेरोसँग इन्गेजमेन्टको घोषणा गरिन् । यद्यपी, सर्जेईसँग दुई वर्ष सँगै बसेपछि अन्नाको सम्बन्ध पप स्टार एनरिकेसँग जोडियो र उनीहरु सँगै बस्न थाले ।

बेलायती फुटबल खेलाडी जोन टेरीले साथी खेलाडी वायने ब्रिजलाई धोका दिए । सन् २०१० मा जब श्रीमती टोनी गर्भवती थिइन् तब त्यतिबेला टेरी निकै नजिक मानिएका साथी वायनेकी प्रेमिका वनेसा पेरासेन्लसँगको प्रेममा थिए । टेरी र वनेसाको सम्बन्ध चार महिनासम्म चल्यो । जतिबेला उक्त सम्बन्धको खुलासा भयो, वायनेले वनेसा र टेरीसँग सम्बन्ध तोडे । वायनेले सन् २०१४ मा फ्रेन्की ब्रिजसँग विवाह गरिन् । वनेसा फ्रान्सकी चर्चित मोडल हुन् ।

अहिलेसम्म तपाईंले कुनै खेलाडीले आफ्ना साथीकी प्रेमिका वा श्रीमतीसँग सम्बन्ध बनाएको बारे पढ्नुभयो तर यो घटना अलि भिन्न छ । यसको सम्बन्ध एनबीएका बिग स्टार जेम्स लेब्रायनसँग छ । त्यतिबेला बास्केटबल दुनियाँमा तहल्का मच्चियो जब जेम्सका नजिकका साथी डेलोन्टे वेस्टर उनकी आमा ग्लेरियाबिचको सम्बन्धको पर्दाफास भयो । सन् २०१० मा दुबैको सम्बन्धको चर्चाले तहल्का मच्चायो तर जेम्सले यसलाई अस्विकार गरेका थिए । सन् २०१४ मा डेलोन्टे र ग्लेरियाले आफ्नो आफ्नो शारिरिक सम्बन्धको पुष्टि गर्दै सबैलाई अचम्मित बनाएका थिए ।

6infamous stories of 5 LnFvdXgw1J

विश्व कप सन् १९९८ भन्दा अघि चर्चित अमेरिकी खेलाडी जोन हर्केसलाई बिना कारण समूहबाट निकालियो । त्यतिबेला मानिसहरुबिच निकै बहस भयो तर कसैले पनि यसको कारण खुलाएनन् । सन् २०१० मा एक न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा समूहका तत्कालीन कोच स्टिभ स्याम्सनले हर्केसले नजिकका साथी एरिक विनाल्डालाई धोका दिएको बताएपछि सनसनी मच्चिएको थियो । विनाल्डाकी श्रीमती एमीबाट हर्केसको सम्बन्ध रह्यो । यो कुरालाई हर्केसले पनि पुष्टि गरे । स्मरण रहोस्, हर्केस पहिलो अमेरिकी हुन् जसले इंगलिस प्रिमियर लिगमा खेले । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७