तनावमा साम्राज्ञी, झण्डै चार लाख फलोअर्स रहेको इन्स्टाग्राम ह्याक गरेर अश्लिल तस्विर…


१० माघ २०७५, बिहीबार
Samragyee Rajya Laxmi Shah

काठमाडौं, १० माघ । झण्डै चार लाख फलोअर्स रहेको इन्स्टाग्राम अचानक ह्याक भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तानवमा छिन् ।

तीन लाख ९७ हजार फलोअर्स रहेको उनको इन्स्टाग्राम मंगलबारदेखि ह्याक भएको हो ।

ह्याकरले केही अश्लील तस्बिर समेत पोष्ट गरेका थिए । तर, अहिले सो तस्बिर हटाएका छन् । उनको इन्स्टाग्राममा अहिले कुनै पनि पोष्ट देखिदैनन् । इन्स्टाग्राममा सम्राज्ञी निकै सक्रिय थिइन् ।

उनले दिनपिच्छे आफ्ना तस्बिरहरु सार्वजनिक गर्ने गर्थिन् । ह्याक भएको उनको अकाउन्ट के हुन्छ भन्नेबारे कुनै जानकारी छैन । यसअघि पनि केही कलाकारको फेसबुक तथा इन्स्टाग्राम अकाउन्ट ह्याक हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७