शहीद विवसका दिन सार्वजनिक विदा


१० माघ २०७५, बिहीबार
Sarbajanik bida

काठमाडौं, १० माघ । शहीद दिवस (माघ १६ गते) का दिन प्रदेश–३ सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

Sarbajanik bida

प्रत्येक माघ १६ गते पर्ने शहीद दिवसका दिन बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । शदीदको सम्मानस्वरुप यो निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ ।

बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७४ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको विशेष अनुदानअन्तर्गतका योजना तथा कार्यक्रम स्वीकृत गर्ने, नेपाल सरकारबाट प्रदान गरिने समपुरक अनुदानका योजना पठाउने पनि निर्णय गरेको छ ।

cabinet hkSLBkQfe5 Copy

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको सामुहिक खेती प्रवर्धनन कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने, कृषि वन प्रबर्धनन कार्यक्रम कार्यविधि २०७५ को मस्यौदा स्वीकृत गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी सामाजिक बिकास मन्त्रालयले पेस गरेको प्रदेश आपतकालीन बाल संरक्षण कोष कार्यविधि २०७५ स्वीकृत गर्ने संघीय सरकार अन्तर्गत ३ नम्बर प्रदेश भित्रका मकवानपुर, रसुवा, दोलखा, सिन्धुपाल्चोक, धादिङ चितवनमा रहेका महिला तथा वालबालिका कार्यालयका भवन तथा निर्माणाधिन भवन प्रदेश सरकारलाई हस्तान्तरण गर्न संघीय सरकारलाई अनुरोध गर्नेसमेत निर्णय गरेको छ ।

प्रदेश ३ सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले गत मंसिर २७ गते मिनीट्रक दुर्घटनामा मृत्यु भएका प्रतिपरिवारलाई एक–एक लाख दिने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७