उर्लाबारीमा कामना सेवा विकास बैंकको ६४औं शाखा विस्तार

प्रदेश नम्बर १ को पहिलो शाखा


१० माघ २०७५, बिहीबार
Fullscreen capture 012419 033839 PM UeupYDAbXI

मोरङ, १० माघ । कामना सेवा विकास बैंक लिमिटेडले उर्लाबारी नगरपालिका वडा नं ०७ मा नयाँ शाखा खोलेको छ । बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा उर्लाबारीमा ६४औं शाखा कार्यालयको रुपमा कारोबार सुरुवात गरेको हो ।

बैंकका संचालक श्री बलराम बराल तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेको थियो । शुभारम्भ कार्यक्रममा कामु. प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २३ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए ।

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा एमटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि–एबिए लगायतका माध्यमबाट समेत बैंकिङ सेवा दिैँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७