अझै पुगेनन् सदरमुकाम ७१ स्थलका मतपेटिका


१३ मंसिर २०७४, बुधबार
Matpetika
;+v’jf;efsf] pQ/L ljs6 If]qdf /x]sf] dtbfg s]Gb|sf dtk]l6sfx? x]lnsK6/af6 ;b/d’sfd NofO{b} . t:jL/ M ;’hg jh|frfo{, ;+v’jf;ef, /f;;

काठमाडौं: निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनअन्तर्गत अझै ६ जिल्लाका केही मतदान स्थलका मतपेटिका सदरमुकाम आइनपुगेको जनाएको छ।

Matpetika

आयोगले पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न ३२ जिल्लामध्ये २६ जिल्लाका मतपेटिका सदरमुकाम ल्याइसकिएको र बाँकी मतपेटिका ल्याउने काम भइरहेको जानकारी मंगलबार दिएको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार ६ जिल्लाका ७१ स्थलका मतपेटिका सदरमुकाम पु¥याउन बाँकी छ।

पहिलो चरणअन्तर्गतका २ हजार ९ सय १७ मतदान स्थलमध्ये संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २० मुगुका १०, जाजरकोटका २५ र दार्चुलाको एक ठाउँको मतपेटिका सदरमुकाम ल्याउने काम भइरहेको उनले बताए । मौसमलगायतका समस्याका कारण केही स्थलको मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भइरहेको र बुधबारसम्म सबै मतपेटिका सदरमुकाम ल्याइसकिने आयोगले जनाएको छ।यो समचार आजको नागरिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७