कांग्रेसलाई जसले जिस्कायो, त्यो सकिन्छ : गगन थापा


११ माघ २०७५, शुक्रबार
Gagan thapa
g]sf g]tf yfkf ;~rf/sdL{;Fu ;+3Lo ;+;bcGtu{t k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7sdf /fli6«o lrlsT;f lzIff ljw]os, @)&% kfl/t ePkl5 ;~rf/sdL{;Fu s’/f ub}{ g]kfnL sfFu|];sf ;f+;b uugs’df/ yfkf . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं, ११ माघ : वहुचर्चित चिकित्सा शिक्षा विधेयक शुक्रबार विरोधका वावजुद संसदले पारित गरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले अब सरकारविरुद्ध सडक र सदन दुबैबाट आन्दोलन गर्ने उद्घोष गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीहरसँग प्रतिक्रिया दिंदै चिकित्सा शिक्षा विधेयकमाथि कुनै छलफल नै नगरेर सरकारले अंक गणितको बलमा पारित गरेको बताएका छन् । उनले भने, ‘दुई तिहाइले अंक गणितको बल देखायो । एक पटक कुनै पनि संवाद गरेन ।’

Gagan thapa

देउवाले दुई तिहाइको बलमा विधेयक पारित गरिएकोप्रति सरकारको निन्दा गर्दै आज कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए । उनले भने, ‘संसदमा मात्रै होइन, बाहिर पनि हाम्रो विरोध कायमै रहन्छ ।’

देउवाले कांगेसका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरुलाई विघटनतर्फ लगेर सरकारले कांग्रेस नेताहरुको इतिहास मेट्ने दुष्प्रयास गरेको टिप्पणी गरेका छन् । ‘‘कांग्रेस नेताको नाम मेट्न खोजेको छ । गिरिजाप्रसाद नभएको भए कहाँबाट गणतन्त्र आउथ्यो, कहाँबाट संविधानसभाको चुनाव हुन्थ्यो । सुशील कोइराला नभएको भए कहाँबाट संविधान बन्थ्यो ?’, उनले प्रश्न गरे ।

यता कांग्रेसका नेता तथा सांसद गगन थापाले पनि सरकारले शुक्रबार संसदमा देखाएको व्यवहारको परिणाम आगामी दिनमा थाहा पाउने चेतावनी दिएका छन् । ‘समाजवाद ल्याउने सरकारले सरकारी शिक्षा बलियो हुनुपर्छ भन्ने मागलाई कुल्चेर विजय उत्सव मनाएको छ । सरकारलाई बधाई छ’,’ संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘यसविरुद्धको लडाई नेपाली कांग्रेसले संसदमा लड्छ । यसको प्रतिक्रिया सरकारले आउने दिनमा थाहा पाउँछ ।’

थापाले बहुमतको बलमा चिकित्सा शिक्षा विधेयक पारित गरेको घटना सरकारलाई महंगो सावित हुने दाबी गरे । ‘सरकालाई यो अत्यन्तै महंगो पर्छ । कांग्रेसलाई जसले जिस्कायो त्यो सकिएको छ । इतिहास फेरि दोहोरिन्छ’, युवा नेता थापाले चेतावनी दिंदै भने ।

प्रतिपक्षी दलको विरोधका बीच चिकित्सा शिक्षा विधेयक पारित गरेर सरकारले निषेधको राजनीति गरिहरेको पुष्टि गरेको उनको भनाइ थियो । ‘विधेयक पारित गरेर सरकारले संसदमा उभिरहेको प्रतिपक्षलाई त निषेध गर्छु भन्ने देशैभर एउटा सन्देश दिन खोजेको छ’, थापाले थपे, ‘मसँग दुई तिहाइ छ । यो जो मसंँग रहन्छ, रहन्छ । विरोध गर्ने वा असहमति राख्नेलाई म चिन्दिनँ, म मान्दिनँ, गन्दिनँ भन्ने सन्देश हो । सरकारले निषेधको राजनीति जसलाई हामीले अहिलेसम्म भन्दै आएका थियो, आज उसले पुष्टि गरेको छ ।’

नेता थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी कांग्रेसलाई जालझेल गरेको आरोपसमेत लगाए । ‘सभामुखले आग्रहबाट मुक्त भएर व्यवहार गर्न सक्नु भएन त भनेका थियौं नै तर आजबाट थप कुरा भन्नुपर्ने भएको छ, जालझेलपूर्ण काम गर्नुभएको छ’, उनले भने, ‘छलफल गर्न बोलाएर आज म सकेसम्म निकास निकाल्छु । तपाईंहरुको विरोध भयो भने म सदनलाई अगाडि बढ्न दिन्न भन्ने सन्देश हामीलाई प्रवाह गरेर सदनमा आएर बैठक सुरु भए पछाडि जालझेल गरेर सरकारको एउटा अंग जस्तो, आदेश पालक जस्तो व्यवहार देखाउनु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७