बाग्लुङमा उम्मेदवारविनै मत माग्दै माओवादी कार्यकर्ता !


२ भाद्र २०७४, शुक्रबार
cpn maoist center

cpn maoist center

काठमाडौं : स्थानीय तहमा ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट बागलुङ नगरपालिका प्रमुख र उपप्रमुखमा क्रमशः कुमुम बुढा र निर्मलबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराए । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन दुवैले उम्मेदवारी फिर्ता लिए । आजको राजधानी दैनिकमा खबर छ ।

उनीहरुको उम्मेदवारी फिर्तासँगै माओवादी केन्द्रका तर्फबाट नगरपालिका प्रमुख र उपप्रमुखको पद खाली छ । आयोगले निर्वाचन चिह्नसमेत वडा अध्यक्ष र सदस्यलाई मात्र प्रदान गर्यो । निर्वाचनको माहोल तातेसँगै माओवादी केन्द्र भने प्रमुख र उपप्रमुखका खाली पदमा मत माग्दै घरदैलोमा छ ।

पार्टीको आधिकारिक निर्णयविना उम्मेदवारी फिर्ता लिएको माओवादी केन्द्र जिल्ला कमिटिका संयोजक चन्द्रबहादुर बुढा सागर बताउँछन् । तर, उम्मेदवार बुढा र श्रेष्ठले भने नेताहरुको सल्लाह र निर्देशनमा उम्मेदवारी फिर्ता लिएको दाबी गर्छन् ।

उम्मेदवारी फिर्ता लिएपछि माओवादी पंक्तिबाट चर्को विरोध भइरहेको छ । नेतादेखि कार्यकर्तासम्मको विरोधलाई ध्यानमा राखेर माओवादी नगर कमिटिले आफ्नै चिह्नमा मत दिन मतदातालाई आग्रह गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७