यी हुन् विवाहले वहार नल्याएका बलिउड अभिनेत्री, अहिले यसरी बढ्दैछ यात्रा


१३ माघ २०७५, आईतवार
collage Gj7FbjqPWv

काठमाडौं, १३ माघ । विवाहले जीवनमा वहार ल्याउँछ भनिन्छ । तर, विवाहले वहार होइन ववार्दी ल्याएको उदाहरणहरु पनि धेरै छन् । विवाहले जीवन असहज हुँदा धेरैले पीडा समेत भोग्ने गरेका छन् । यस्तै धेरैको यात्राले अर्कै मोड समेत लिने गरेको छ ।

collage Gj7FbjqPWv

अझ सेलिब्रेटीहरुको वैवाहिक जीवन कच्चा धागो सरह हुने गरेको चर्चा गरिने गरेको छ । बलिउडका कलाकारहरुको जीवनलाई नजिकबाट नियाल्ने हो, भने यहाँका केही अभिनेत्रीको जीवनलाई विवाहले बहार ल्याउन नसकेको भेटिन्छ । सायद त्यसैले पनि होला विवाहपछि पनि ती अभिनेत्री एक्लै रहँदै आएका छन् । विवाहित भए पनि एक्लै रहँदै आएका केहि बलिउड अभिनेत्रीहरु ।

करिश्मा कपुर
करिश्माको बिवाह सञ्जय कपुरका साथ निकै धुमधामसँग भएको थियो । यी दुबैको दुई बच्चा पनि छन् । तर अहिले दुबैको डिबोर्स भएको छ । डिबोर्स लगतै सञ्जयले गलफ्रेण्ड प्रिया सचदेवसँग विवाह गरे । करिश्मा अहिलेसम्म पनि एक्लै छिन् ।

karishma 1

पूजा वेदी
पूजा र फरहान फर्नितरवाला एक अर्काेलाई निकै प्रेम गर्थे । दुबैले १९९४मा लगनगाँठो कसेका थिए । बैबाहिक जीवनमा भएको केही झगडाले उनीहरु छुट्टिए । फरहानले दोस्रो विवाह गरे पनि पूजाले भने विवाह गरेकी छैन् ।

bedi

अमृता सिंह
विवाहको समयमा सैफअली खान र अमृता सिंहको उमेरमा धेरै अन्तर थियो । तर यी दुबैले विवाह गरे । तर सो विवाह लामो समय टिकेन । सैफले अहिले अभिनेत्री करिना कपुरसँग विवाह गरेका छन् तर अमृताले भने अहिलेसम्म एक्लै छिन् ।

amrita singh betaab

जेनिफर
जेनिफर र करण सिंह ग्रोवर एक अर्काेलाई निकै माया गर्थे । यी दुबैले एकसाथ टिभी सिरियलमा समेत काम गरेका थिए । तर दुबैको बीचमा एकाएक विपशा बसु आइन् । करणले विपशासँग विवाह गरे । करणको एक्स श्रीमती जेनिफर अहिले पनि एक्लै छिन् ।

jenifar

रिना दत्ता
अभिनेता आमिर खानले पहिलो विवाह प्रेमीका रिनासँग गरेका थिए । यी दुबैले १६ बर्षसाथ रहेर डिबोर्स रोजे । आमिरले पछिल्लो समय किरण रावसँग विवाह गरेका छन् । तर रिना भने अहिले पनि एक्लै छिन् ।

Reena Dutta 1

संगीता बिजलानी
एक समय सलमान खानको डेटमा रहेकी अभिनेत्री संगीताले क्रिकेटर मोहम्मद अजहरुद्धीसँग विवाह गरिन् । अहिले उनी मोहम्मदसँग पनि अलग भएकी छन् । उनको विवाह २०१०मा टुटेको थियो । उनले अहिले दोस्रो विवाह नगरे पनि सलमानका साथ कयौ पटक देखिएकी छन् ।

sangeeta

कल्कि कोचलिन
बोल्ड अन्दाजका कारण बलिउडमा कल्कि चर्चामा रहने गरेकी छन् । उनले २०११ मा निर्देशक अनुराग कश्यपसँग विवाह गरेकी थिइन् । तर तीन बर्षमै छुट्टिइन् । त्यसपछि उनले विवाह गरेकी छैन् । उनी अहिले एक्लै खुशी छिन् । एजेन्सी

kalki

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७