वीरगंज महानगरमा संघीय फोरमको अग्रता कायमै, कस्को कति मत ?


१० आश्विन २०७४, मंगलवार
birganj

वीरगंज:दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालले अग्रता अझै बढाएको छ।birganj

नेपाली कांग्रेसको प्रमुख पदका उम्मेदवार अजय कुमार द्विवेदीलाई पछाडि छोडेका संघीय समाजवादी फोरम नेपालका प्रत्यासी विजय कुमार सरावगीले मतान्तर १२८९ पुर्‍याएका छन्।७२१३३ मत गणना हुँदा सरावगीले १६६५० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै नेपाली कांग्रेसका द्वीवेदीले १५३६१ मत प्राप्त गरेका छन्

त्यस्तै उप-प्रमुख पदमा भने नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। नेपाली कांग्रेसको तर्फाबाट प्रमुख पदकी प्रत्यासी शान्ति कार्की झन्डै १८ सयभन्दा बढी मतको अन्तरले संघीय समाजवादी फोरम नेपालकी पिंकी देवी यादवलाई उछिनिरहेकी छन्।

राजपा नेपालमा राजेशमान सिंहले १० हजार ८५, रम्भा मिश्राको ८ हजार ८ सय ७५ मत छ ।नेकपा एमालेका उम्मेदवारले प्रमुखमा बसरुद्दिन अन्सारीले ७ हजार ६ सय १३ र उपमेयरमा सोफिया आचार्यको ९ हजार १ सय ९९ मत ल्याएको छ ।

माओवादी केन्द्रको रहबर अन्सारीले ७ हजार ६ सय १२, दुर्गा क्षेत्रीको ४ हजार ६ सय ४३ मत रहेको छ भने फोरम लोक्तान्त्रिकका विमल श्रीवास्तवको ७ हजार १ सय १ र रिङकु देवी यादवको ६ सय ८८ मत छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७