बम विस्फोट, कांग्रेस उम्मेदवारसहित ७ घाइते, तीन गम्भीर


१३ मंसिर २०७४, बुधबार
uday pur bomb S1vWo7hQMr

काठमाडौं: उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् । नेपाली कांग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले बुधबार बिहान थापेको एम्बुस पड्कँदा  घाइते भएका छन्।uday pur bomb S1vWo7hQMr

उदयपुरगढी गाउँपालिका ६ नेपालटार बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जाँदै गरेका प्रतिनिधिसभा २ का कांग्रेसका उमेदवार कार्कीलाई लक्षित गरी सोही वडाको दनुवारबेसीमा थापिएको एम्बुस विस्फोट भएको हो।

उदयपुरगढी नगरपालिका(६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । अन्य घाइतेको नाम खुलेको छैन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडौं पठाइने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७