काभ्रेमा भएको जीप दुर्घट्नामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो


१० आश्विन २०७४, मंगलवार
kavrepalanchowk

काठमाडौं : बनेपाबाट डाँडापारी गोकुलेका लागि छुटेको बा१४ क ९५५६ नम्बरको जीप रोशी गाउँपालिका ३ शिखरआम्बोट पुगेपछि दुर्घट्नामा परि मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । दुर्घटनास्थलमा हराइरहेकी आठ वर्षीया बालिका क्रिस्टिना मोक्तान जिपले च्यापिएको अवस्थामा फेला परेपछि मृतकको सङ्ख्या सात पुगेको हो ।

kavrepalanchowk

गम्भीर घाइते भएको ८ वर्षीय अभिषेक तामाङलाई हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ उपचारको लागि ल्याइसकेको छ । बालकको कान्ति बाल अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । भने, ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । दसैँमा घर जानेहरुले काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारी सडक नपुगेका क्षेत्रसम्म पुग्नका लागि रिजर्भमा लगेको जीप दुर्घना भएको हो ।

मृत्यु हुनेमा महाभारत २ का पाँचजना र चालक छन् । महाभारत(२ की ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया लेहन्दीमाया जिम्बा, २७ वर्षीया मनिता मोक्तान र १९ वर्षीय कुमारी जिम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरीले जानकारी दिए । थपलियाका अनुसार मृतक चालकको पहिचान खुलेको छैन ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७