पाँचथर पावरको आइपीओमा परेन आवेदन, थपियो आवेदनको म्याद


१४ माघ २०७५, सोमबार
IPO aakhukhola

काठमाडौं, १४ माघ । पाँचथर पावर कम्पनीको आइपिओमा पर्याप्त आवेदन नपरेपछि आवेदनका लागि म्याद थप गरिएको छ ।

IPO aakhukhola

पाँचथरले आयोजना प्रभावितका लागि आइपिओ बिक्री खुला गरेको थियो । माघ १४ गतेसम्म आवेदन दिने समय तोकिए पनि यस समयमा पर्याप्त आवेदन नपरेपछि समय थप भएको छ । अब माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले ९ लाख ६२ हजार ५ सय कित्ता आइपिओ बिक्रिमा ल्याएको हो । यसमा पाँचथरको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुङ गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिने पाउने छन् ।

पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको लगानी फिर्ता हुन करिब ९ बर्ष लाग्नेछ । केयर रेटिङ नेपालले यो आइपिओको लागि ग्रेड ४ रेटिङ दिएको छ । यसले आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७