काँग्रेसले लोकतन्त्र होइन लुट तन्त्रको रक्षा गरेका छन् : भीम आचार्य


१३ मंसिर २०७४, बुधबार
bhim acharya जयकुमार राई

काठमाडौं: नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यले नेपाली काँग्रेसले लोकतन्त्रको वकालत गर्नु किमार्थ रहेको बताएका छन् । उनले काँग्रेले लोकतन्त्रको रक्षा नभएर लुट तन्त्रको मात्रै रक्षा गरेको लाेकतन्त्रकाे वकालत गर्न नसुहाउने  बताएका हुन् ।

bhim acharya जयकुमार राई
बुधवार बराह नगरपालिकामा आयोजित चुनावीसभामा आचार्यले यस्तो आरोप लगाएका हुन् । उनले काँग्रेसले बहुमत पाउँदा देशले निकास नपाएको विनाश तर्फ मात्रै धकेलेको पनि आरोप लगाएका छन् । उनले काँग्रेसको भर पर्नाले जनताले दुख बाहेक केही नपाएको बताए । उनले विगत सम्झदैँ २०५६ मा काँग्रेसलाई बहुमत दिँदा प्रजातन्त्र दरबारमा लगेर बुझाएकाले काँग्रेसबाट यस्तो गल्ती दोहोरिएला भन्न नसकिने भन्दै मतदातालाई वाम गठबन्धनलाई मत दिन अपिल गरे ।
‘काँग्रेसले २०५६ मा बहुमत ल्याएपछि देउवा नै प्रधानमन्त्री थिए, उनले २०६९ मा जनताको अधिकार, प्रजातन्त्र लगेर राजालाई बुझाएका होइनन् ? अनि हामीले अधिकार फिर्ता गराउन आन्दोलन गर्नुपरेको होइन ?’ उनले भने, ‘त्यस्तो इतिहास बोकेको मान्छेले लोकतन्त्रको पाठ सिकाउन सुहाउदैन । लोकतन्त्रको रक्षा गर्छु भन्छन्, तर लोकतन्त्र होइन, लुटतन्त्रको रक्षा गरेका छन् ।’
सुनसरी क्षेत्र नं १ प्रदेशसभा (ख) उम्मेदवार रहेका आचार्य काँग्रेसप्रती आक्रमक रूपमा प्रतु भएका थिए । उनले प्रधानमन्त्री देउवा प्रति लक्षित गर्दै राजालाई प्रजातन्त्र बुझाउनेले लोकतन्त्रको पाठ पढाउन नसुहाउने बताएका बताए । जसले जनताका हातबाट अधिकार खोसेर दरबारमा बुझायो त्यही प्रधानमन्त्री भएको फेरी त्यहीँ घट्ना नदोरिएला भन्न नसकिने आचार्यको अभिव्यक्तिबाट प्रस्ट हुन्थ्यो । उनले जनतातालाई अधिकार दिनको लागि दुई ठुला कम्युनिस्ट पार्टी मिल्दा काँग्रेसी अत्तालिएर रोइकराई गर्नु किमार्थ भएको पनि बताए ।
संवैधानिक, राजनैतिक लडाई र संक्रमणकाल टुंगिएको उल्लेख गर्दै आचार्यले अब देशको विकास र समृद्धिको लडाई मात्र बाँकी रहेको बताए । उनले देशको विकाश गर्न धेरै पार्टीको आवश्यक्ता नरहेको औँल्याए । उनले अब देशको विकाश गर्न वामपन्थीको स्थिर सरकार हनु पर्ने बताए । त्यसको लागि जनताले वामलाई बहुमत दिएर विजयी गराउँनु पर्ने उनको आशय थियो । ‘देशको विकास गर्न किन सय वटा पार्टी चाहियो ? पार्टीहरू एक हुनुपर्छ, र अस्थिरताको अन्त्य गर्नुपर्छ ।’
काँग्रेसले बहुमत ल्याए पनि केही गर्न नसक्ने आचार्यले बताए । उनले भने, ‘२०४६ पछि २ पटक बहुमत ल्याउदा पनि देश र जनताको लागि केही गर्न नसक्ने काँग्रेसले अहिले वामपन्थीहरु मिलेर बहुमत ल्याउछौ, र देशको विकास गछांै भन्दा किन आत्तिएको, रोइकराई गरेको ?’
आचार्यले काँग्रेसपछि सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईको पनि आलोचना गर्न भ्याए । उनले राईलाई वर्षैं पिच्छे पार्टी फेर्ने सोच नभएको आरोप लगाए । ‘हिजो एमाले थिए, अर्को पार्टी खोले, फेरि फोरमा छिरे, अर्को पटक कहाँ पुग्ने हुन् । विचार पुर्याएर मतदान गर्नुहोला, आचार्यले भने ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७