मुख्यमन्त्रीको भाषण : ‘सिहंदरबारमा ‘लुटेरा’ मात्र छन्’


१५ माघ २०७५, मंगलवार
Lalbabu rauta

वीरगञ्ज, १५ माघ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सिंहदरबारमा जनता लुट्न पल्किएका लुटेरा मात्र रहेको आरोप लगाएका छन् ।

Lalbabu rauta
????????????????????????????????????

वीरगञ्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले यस्तो आरोप संगीन लगाएका हुन् ।
‘सिंहदरबारमा बसेकाहरुले मुलुक र जनता समृद्ध होस् भन्ने चाहेकै छैनन् ’, मुख्यमन्त्री राउतले भने, उनीहरु जनतालाई लुट्ने र ठग्ने धन्दामा मात्र लागेका छन् ।’ सुखी नेपाली समृद्ध नेपाल भन्ने संघीय सरकारको नारा कागजी नारा मात्र भएको उनले बताए ।

सरकारको नीति र त्यो नीति कार्यान्वयन गर्ने तहमा बसेकाको गलत नियतकै कारण मुलुकको समृद्धि र विकास हुन नसकेको राउतले बताए । संघीय सरकारलाई लक्षित गर्दै मुख्यमन्त्री राउतले सिंहदरबारमा बसेकाले देशका उद्योगी व्यपारीलाई पनि लुटिरहेको आरोप लगाए ।

एक अर्को प्रसङ्गमा मुख्यमन्त्री राउतले संविधान जारी गरेर दिपावली मनाएका दलले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाएका छन् । ‘हिजो संविधान जारी गर्ने बेला दिपावली गरेर खुशीयाली मनाएकाले नै अहिले संविधान कार्यान्वयन गर्न चाहिरहेका छैनन् । उनीहरु देश लुट्न मात्र व्यस्त छन्’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७