शेयर बजार पुनः घट्यो


१५ माघ २०७५, मंगलवार
share bazar market
3d red arrow down in business graph

काठमाडौं,माघ १५ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ ।

share bazar market
3d red arrow down in business graph

स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ ।

बैंकिङ ३.१७, होटल १.६९, विकास बैंक ३.०७, जलविद्युत् १३.८५, निर्जीवन बीमा ६०.२३, लघुवित्त ६.१२ र जीवन बीमा १६.७५ विन्दुले घटेका छन् । यस्तै वित्त १.२८, उत्पादन ६.६ र अन्य उपसमूह १.२९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार घटेको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशत बढी आम्दानी गरेका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, महिला सामुदायिक लघुवित्त वित्तीय संस्था, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले भने आज सबैभन्दा बढी आठ प्रतिशतले गुमाएका छन् । मिथिला लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, कन्काई विकास बैंकका लगानीकर्ताले चार प्रतिशत बढी गुमाएका छन् । त्यस्तै ललितपुर फाइनान्स, नागबेली लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्था, ङादी ग्रुपका लगानीकर्ताले तीन प्रतिशत बढी गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७