भारतमा नेपाललाई ६ स्वर्ण


१५ माघ २०७५, मंगलवार
9 4

काठमाडौं, १५ माघ । भारतको मुम्बइमा सम्पन्न क्योकुसिन खुला करातेमा नेपाली खेलाडीले ६ स्वर्ण जितेका छन् ।

9 4

स्वर्ण बाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।
पुरुष ५० केजीमा आङ निमा शेर्पा, ५५ केजीमा दीपेन्द्र क्षेत्री, ६५ केजीमा विकास गुरुङ तथा खुला कातामा सुनील नगरकोटीले नेपाललाई स्वर्ण दिलाए । बाँकी स्वर्ण महिला ५५ केजीमा शान्ति थापा मगर तथा खुलामा मन्जु विकले जितेका हुन् । रजत विजेतामा पुरुष खुलामा सनी सिंह, पुरुष ६५ केजीमा हरि दनुवार र पुरुष जुनियर कातामा दीपेन्द्र क्षेत्री रहेका छन् । पुरुष ६५ केजीमा सुनील नगरकोटीले थप एक कांस्य हात जितेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७