कम्युनिष्टहरु जनताको अधिकार अपहरण गर्ने दाउमा : प्रधानमन्त्री देउवा


१३ मंसिर २०७४, बुधबार
congress pokhara

काठमाडौं: प्रधनमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरु जनताको अधिकार खोस्ने दाउमा रहेको आरोप लगाएका छन् ।
उनले जनता हिजो पनि कम्युनिस्टसँग डराएको र भोलि पनि डराउने दिन ल्याउन लागेको बताएका छन् ।

congress pokhara
बुधवार पोखराका अमरसिँह चोकमा आयोजित चुनवासभामा प्रधानमन्त्री देउवाले यस्तो आरोप लगाएका हुन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले काँग्रेसले स्थापना कालदेखि नै जनतालाई मालिक बनाउने लक्ष्य लिएका बताए । उनले २००७ सालदेखि परिवर्तनको नेतृत्व गरेको काँग्रेसले वामगठबन्धनको इरादा पूरा हुन नदिने दाबी गरे ।
प्रधानमन्त्री देउवाले पहिलेको समय नरहेकाले कसैले बलमिचाई गर्दा नडराउने बताए । उनले सबै अधिकार जनताको हातमा रहेको कारण कत्ति पनि वाम गठबन्धनसँग नडराउने स्पष्ट पारे । उनले भने, ‘जनतासँग शासन बदल्ने कि राख्ने भन्ने अधिकार छ, हामी जनतादेखि नेता डराउने शासनको पक्षमा छौँ ।’
उनले वाम गठबन्धनले लोकतन्त्र सिध्याउने षड्यन्त्रमा लागेको जिकिर गरे । वाम गठबन्धनले चुनाव चुनाव जिते अधिनायकवाद ल्याउने भन्दै त्यस्तो भएमा जनताको बोल्ने, लेख्ने र सम्पत्तिको अधिकार अपहरण हुने दाबी गरे । ‘यो चुनाव कम्युनिस्ट दमनको शासन रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने जनमत सङ्ग्रह हो । उनले भने, ‘यो संविधानले आदिवासी, जनजाति, मधेसी सबैलाई ठाउँ दिएको छ । तर कम्युनिष्टहरुले संविधान खारेज गरेर तानशाही लाद्न खोजेका छन् ।’
प्रधानमन्त्री देउजवाले वाम गठबन्धनकोे सम्वृद्धिको नारा फोस्रो भएको आरोप लगाएका छन् । कम्युनिस्ट सरकार भए चल्न नसक्ने दाबी गर्दै भने, ‘कहाँबाट समृद्धि ल्याउँछन् ? उनीहरू आए स्वदेशी÷विदेशी कुनै पनि लगानी नेपालमा थपिदैन, ‘विदेशी त आउँदैनन्, आउँदैनन्, स्वदेशी लगानी पनि बाहिर जान्छ ।’ काँग्रेसको आर्थिक नीतिलाई स्वदेशी तथा विदेशी लगानीकर्ताले विश्वास गर्ने जिकिर गर्दै उनले मुलुकलाई काँग्रेस नेतृत्वको सरकारले मात्र समृद्धि बनाउने दाबी गरे ।

समावेशितालाई वाम गठबन्धनले खोस्छ: पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले संसारमै असफल साम्यवादको नाममा नेपाललाई फोहर थुपार्ने कण्टेनर बनाउन लागेको आरोप लगाएका छन् ।
स्थानीय निकायको निर्वाचनबाट केही अगाडि देखिना साथ एमालेले बहुदलीय मान्यतालाई तिलाञ्जली दिएर साम्यवाद अंगाल्न पुगेको जिकिर गर्दै उनले भने, ‘अहिले एमालेले चरम अवसरवादिता प्रकट गरिरहेको छ ।’ आफैले हस्ताक्षर गरेको संविधानमा मसी नसुक्दै एमाले र माओवादीले अनर्थको कुरा गरिरहेको छ ।’
वरिष्ठ नेता पौडेलले वाम गठबन्धनको सरकार बने सबैभन्दा पहिले समावेशी व्यवस्थाको अन्त्य हुने बताउँदै बताए । तेस्रो विश्वमा लोकतन्त्रको रक्षा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिबाट हुनै नसक्ने दाबी गरे । ‘समावेशितालाई बामगठबन्धनले सबैभन्दा पहिले खोस्छ, उनले भने, ‘कार्यकारी राष्ट्रपति हुँदा अरू ताली बजाउन जाने हो, राष्ट्रपतिले अन्तैबाट शासन सञ्चालन गर्छ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७