प्रभावितलाई क्षतिपूर्ति दिने भएपछि मध्यमोदी आयोजनाको काम पुनः सञ्चालन


१६ माघ २०७५, बुधबार
madhya modhi 1

पर्वत, १६ माघ । पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ ।

madhya modhi 1

चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो ।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए । मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

भूगर्भविद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्याङ्कन गरी पुनर्निर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

क्षति पुगेका तीन घरको पुनर्निर्माणको काम स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति जुटेको छ । भूगर्भविद्ले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको तथा आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएकाले सोहीअनुसार कार्यान्वयन गर्न तयार रहेको आयोजना प्रमुख निरञ्जन राउत बताउँछन् । भूगर्भविद्ले १२ घरमा बढी क्षति, नौ घरमा सामान्य क्षति तथा सात घर प्रभावित हुनसक्ने प्रतिवेद न बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७