शिक्षा सेवाका कर्मचारी भन्छन्, ‘दरबन्दी कायमै राखेर। प्रदेश र स्थानीय तहमा खटाऊ’


१६ माघ २०७५, बुधबार
Maag7087

काठमाडौं, १६ माघ । शिक्षा सेवाका कर्मचारीहरुले संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा खटाउन सरकारलाई आग्रह गरेका छन् ।

Maag7087

कर्मचारी समायोजन ऐन अनुसार आफूहरुलाई प्रदेश र स्थानीय तहमा खटाउँदा संघीय सेवाको दरबन्दी भने कायमै राख्न माग गर्दै शिक्षा मन्त्रालय अन्तर्गतका कर्मचारीहरुले बुधबार बिहान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले कर्मचारी समायोजन गर्दा प्रदेश र स्थानीय तहका कर्मचारीहरुको वृत्ति विकासमा प्रतिकूल असर पर्न नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । संघीय सेवाको दरबन्दी कायमै राखेर प्रदेश र स्थानीय तहमा आफूहरुलाई खटाउन माग गर्दै मन्त्री पोखरेलको ध्यानाकर्षण गराइएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, शिक्षा विभागीय कार्य समितिका अध्यक्ष हरिभक्त पौडेलले बताए ।

शिक्षा सेवाका कर्मचारीले कर्मचारी समायोजन ऐनमा आफूहरुको बरियताक्रममा नै प्रतिकूल हुने व्यवस्था गरिएको उल्लेख गर्दै तत्काल सो प्रावधान हटाउन पनि सरकारसँग माग गरेका छन् । उनीहरुले आफूहरुको सो माग तत्काल सम्बोधन भए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन ।

यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले शिक्षा सेवाका कर्मचारीहरुको सो मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग छलफल गरी आवश्यक निर्णय लिने आश्वास दिएका थिए ।

उनले त्यसक्रममा आफू मातहतका सबै कर्मचारीहरुलाई जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका थिए । मन्त्री पोखरेलले कर्मचारीको वृत्ति विकास नरोकिने गरी आवश्यक व्यवस्था मिलाउन सरकार प्रतिवद्ध रहेको दावी पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७