कक्षा ११ र १२ परिक्षा तालिका सार्वजनिक, २०६० सालपछि भर्ना भएका विद्यार्थीलाई पनि मौका


१६ माघ २०७५, बुधबार
neb

काठमाडौं, १५ माघ । राष्ट्रिय परीक्षा बोर्डले २०६० साल वा सो भन्दापछि भर्ना भएका विद्यार्थीहरुको परिक्षा गराउने भएको छ । बोर्डले २०६० सालमा भर्ना भएर विभिन्न कारणबस परीक्षा पास गर्न नसकेका बिद्यार्थीलाई समेत यस पटकको परीक्षामा सामेल गराउने भएको हो ।

कक्षा ११ र १२ को मंगलबार प्रकाशित समय तालिकामा सो कुरा उल्लेख गरिएको हो । तर, निज बिद्यार्थीहरुले नयाँ पाठ्यक्रम अनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।

त्यस्तै कुनै बिषयमा सी वा सो भन्दा कम ग्रेड ल्याएर ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीहरु बिद्यार्थीले समेत यस परीक्षामा सामेल हुन सक्ने छन् ।

बोर्डले यसवर्षको कक्षा १२ को परिक्षा २०७६ साल बैशाख १५ गतेदेखि र कक्षा ११ को बैशाख २९ गतेदेखि शुरु हुने भएको छ । परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

हेर्नुहोस् रुटिन



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७