हुन्डाईको ५२ लाखको इलेक्ट्रिक कार, यस्तो छ बिशेषता


१७ माघ २०७५, बिहीबार
154893478250911507 2054563501306464 3117

काठमाडौं, माघ १७ । हुण्डाईको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले नयाँ इलेक्ट्रिक गाडी ‘कोना इभी’ सार्वजनिक गरेको छ।

154893478250911507 2054563501306464 3117

पूर्ण इलेक्ट्रिक सवकम्प्याक्ट एसयूभी ‘कोना इभी’ले सय किलोवाट पावर र ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ।

१ सय ५५ किलोमिटर प्रतिघण्टा रफ्तार रहेको यो गाडी सिङ्गल चार्जमा ३ सय किलोमिटर भन्दा धेरै गुड्ने कम्पनीको दावी छ।सुरक्षको लागि हुण्डाइले विशेष ध्यान दिएको देखिन्छ।

कम्पनीका अनुसार यसमा इलेक्ट्रो क्रोम्याटिक मिरर, रिजर्भ पार्किङ सेन्सर विथ क्यामरा, इलेक्ट्रिक पार्कङ ब्रेक विथ अटो होल्ड, ६ वटा एयर ब्याग, इमोविलाइजर, रेयर डिफोगर विथ टाइमर, डे टाइम रनिङ लाइट, एण्टी लक ब्रेकिङ सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्विलिटी कन्ट्रोल लगायतका फिचर्स समावेस छन्।

यसको एक्टिरियर आकर्षक रहेको कम्पनीले जनाएको छ। यसमा टु टोन बडी कलर, एलइडी पोजिसिनिङ ल्याम्प, एलइडी ल्याम्प (प्रन्ट, रेयर), एलइडी हेडल्याम्प विथ स्ट्टिक बेन्डिङ, रुफ र्याक, रेयर स्पोयलर विथ हाई माउण्ट स्टप ल्याम्प इलेक्ट्रिकल्ली एड्जस्टेवल र फोल्डेवल बाहिरी ऐना, १७ इन्च अलोए ह्विल लगायत फिचर रहेको कम्पनीको भनाइ छ।

यसमा ७ इन्चको फल्लोटिङ टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पावर सिट, वायरलेस चार्जर, युएसबी चावर्जर, स्मार्ट फोन कनेक्टीभिटी, अटो लाइट कन्ट्रोल, स्मार्ट कि र पुस् बटन स्टार्ट, हिल असिस्ट कन्ट्रोल लगायतको फिचर्स छन्। कम्पनीले यसको मूल्य ५१ लाख ९६ हजार निर्धारण गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७