सरकारद्वारा विकास परिषदमा ५१ जना मनोनित, को-को परे ? (नामावलीसहित)


१८ माघ २०७५, शुक्रबार
Pradesh 5 2

रुपन्देही, १८ माघ । प्रदेश नम्बर–५ सरकारले प्रदेश विकास परिषदमा ५१ जनालाई मनोनित गरेको छ । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश सरकारका मन्त्री, सचिवहरु, प्रमुख प्रतिपक्षी दलका नेता, विज्ञ समेत गरी प्रदेश विकास परिषद् गठन गर्ने निर्णय गरेको थियो ।

Pradesh 5 2

मुख्यमन्त्री कार्यालयबाट जारी सूचनामा ती व्यक्तिहरुलाई मानोनित गरिएको जनाइएको छ । जसअनुसार स्थानीय तहबाट १५ जना, संस्थागत प्रतिनिधि २५ जना र आमन्त्रित व्यक्ति ११ जनालाई मनोनित गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यस्तै युवा परिषद्, अपाङ्गता भएका व्यक्ति, एकल महिला र तेश्रो लिङ्गीका संस्थाबाट पनि प्रतिनिधित्व गराइने सरकारले जनाएको छ । प्रदेश विकास परिषदमा प्रदेशभित्रका ४ उपमहानगरपालिकाका प्रमुख, ७ वटा नगरपालिका र ४ वटा गाउँपालिकाका अध्यक्ष समेटिएका छन् । यस्तै संस्थागत प्रतिनिधिमा शिक्षा, स्वास्थ्य, कानुन, उद्योगी व्यवसायी, अर्थविद्, भाषाविद्, वनविज्ञ, प्रशासनविज्ञलगायतलाई समेटिएको छ ।

स्थानीय सरकारबाट
१) शिवराज सुवेदी, बुटवल उपमहानगरपालिका, रुपन्देही
२) नरुलाल चौधरी, घोराही उपमहानगरपालिका, दाङ
३) घनश्याम पाण्डे, तुलसीपुर उपमहानगरपालिका, दाङ
४) धवल शम्शेर जवरा, नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज
५) धिरज शर्मा बस्याल, बर्दघाट नगरपालिका सुस्ता (पश्चिम नवलपरासी)
६) कुमारी बराल, सिस्ने गाउँपालिका, रुकुम
७) बालाराम बुढा, रुम्टीगडी गाउँपालिका, रोल्पा
८) नुनबहादुर थापा, पूर्वखोला गाउँपालिका, पाल्पा
९) कमलप्रसाद भुसाल, सन्धिखर्क नगरपालिका, अर्घाखाँची
१०) अब्दुम कलाम खान, बुद्धभूमि नगरपालिका, कपिलवस्तु
११) अर्जुन श्रेष्ठ प्यूठान, नगरपालिका, प्यूठान
१२) शिवप्रसाद थारु, राजापुर नगरपालिका, बर्दिया
१३) मधुकृष्ण पन्त, छत्रकोट गाउँपालिका, गुल्मी
१४) मनमोहन चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही
१५) नेत्र अधिकारी, शिवराज नगरपालिका,कपिलवस्तु

संस्थागत सदस्य
१) मञ्जु खड्का समाजसेवी रोल्पा, लुङ्ग्री
२) गणेशप्रसाद अधिकारी रुपन्देही उद्योग संघ रुपन्देही
३) नन्दलाल वैश्व नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँके
४) वलिभद्र राना निर्माण व्यवसायी संघ दाङ
५) दुलारी हरिजन शिक्षाविद् नवलपरासी
६) सिर्जना तरामु समाजसेवी गुल्मी
७) खेमबहादुर हमाल रुपन्देही उद्योग वाणिज्य संघ रुपन्देही
८) सुमित्रा शर्मा गैर सरकारी संस्था महासंघ नेपाल रुपन्देही
९) बाबुराम भट्टराई औषधी व्यवसायी महासंघ बुटवल रुपन्देही
१०) पदमप्रसाद श्रेष्ठ रुपन्देही व्यापार संघ बुटवल रुपन्देही
११) तेजप्रसाद कँडेल कानूनविद् रुपन्देही
१२) कैलाश ठाकुर शिक्षाविद् ९क्याम्पस प्रमुख० रुपन्देही
१३) जगप्रसाद शर्मा राजनीतिक क्षेत्र दाङ
१४) डा. गोविन्द नेपाल अर्थ्िवद् पाल्पा
१५) सुशीला श्रेष्ठ विज्ञान शिक्षा पाल्पा
१६) खगराज शर्मा सहकारी विज्ञ रुपन्देही
१७) रमेश अधिकारी प्रशासनविद् दाङ
१८) डा. जनार्दन आचार्य समाजशास्त्री बाँके
१९) एजाज आलाम उद्योग व्यवसायी रुपन्देही
२०) मथुरा खनाल वनविज्ञ कपिलवस्तु
२१) मेघबहादुर श्रेष्ठ समाजसेवी रुकुम ९पूर्वी भाग, भुमे गा।पा।०
२२) कमानसिंह थापा मगर कृषिविज्ञ पाल्पा
२३) मेनका पोखरेल भाषाविद् दाङ
२४) शोभा ज्ञवाली समाजसेवी बर्दिया
२५) कल्पना खड्का शिक्षाविद्, प्यूठान क्याम्पस प्यूठान

आमन्त्रित गरिने व्यक्तिहरु
१) प्रा.बैकुण्ठ पाण्डे अर्थशास्त्री
२) डा. इश्वर गौतम व्यवस्थापन बुटवल
३) डा. गितु गिरी संस्कृतिकविद् भैरहवा
४) इ. खगेन्द्र विष्ट पूर्वाधार रोल्पा
५) माधव अधिकारी भूगोलविद् दाङ
६) नारायण भुसाल उद्योग व्यवसायी दाङ
७) कुलप्रसाद न्यौपाने उद्योग व्यवसायी रुपन्देही
८) प्रद्युम्नलाल श्रेष्ठ प्राविधिक शिक्षा बुटवल
९) प्रकाश जिसी ईन्जिनियर प्यूठान
१०) बुद्धिबहादुर रायमाझी शिक्षाविद् अर्घाखाँची
११) गिरीस पुन रोल्पा (थवाङ्ग गा.पा)

आमन्त्रित गरिने थप संस्थाहरु
१) युवा परिषद्
२) अपांगता भएका व्यक्ति
३) एकल महिला
४) तेस्रो लिङ्गी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७