ग्लोबल बैंकबाट लिएको कृषि ऋणको ५० प्रतिशत ब्याज नगरपालिकाले तिर्ने


१८ माघ २०७५, शुक्रबार
1549013382ime

काठमाडौं, माघ १८ । ग्लोबल आइएमई बैंक र गुल्मीको मुसिकोट नगरपालिकाबीच सम्झौता भएको छ।

1549013382ime

सम्झौता अनुसार स्थानीय कृषकलाई बैंकमार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने छ।

स्थानीय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग गर्न तथा कृषकलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन सम्झौता गरिएको बैंकको भनाइ छ।

कृषकले आवस्यक कागज पूरा गरी नियम अनुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण दिइने बैंकको भनाइ छ।बैंकले १३३ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७