कतार एयरवेजले १० वटा एयरबसको ’ए३२१एलआर’ जहाज ल्याउने


१९ माघ २०७५, शनिबार
1549025483qutarair 1

काठमाडौं, माघ १८ । कतार एयरवेजले एयरबसका ए३२१ नियो सिरिजका ५० मध्ये १० जहाजलाई ए३२१ एलआर जहाज ल्याउने भएको छ। एयरबसलाइ अर्डर गरेका ५० जहाजमा १० वटाको अर्डर परिवर्तन गरिएको एयरवेजले विज्ञप्तीमार्फत् जानकारी गराएको छ।

1549025483qutarair 1

ए३२१ एलआर ए३२० सिरिजको नयाँ उत्पादन हो। लामो दुरीमा उडान गर्नसक्ने क्षमता भएको यो इन्धन किफायतिका हिसाबले पनि उपयुक्त रहेको एयरबसले उल्लेख गरेको छ।

अतिरिक्त ईंन्धन ट्यांक भएको यो जहाज ए३२० र ३२१ जहाज पुग्न नसक्ने ठाउँमा पनि पुग्न सक्ने बताइएको छ। जसले गर्दा सानो तर लामो दुरीको बजारमा पनि उडान गर्न सकिने एयरलाइन्सको विश्वास छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७