नेपाललाई सार्क अवार्ड, कुन-कुन बिधामा पायो ?


१४ मंसिर २०७४, बिहीबार
kalo pothi poster

काठमाडौँ :द सार्क फिल्म अवार्ड २०१७ को विजेता घोषणा भएको छ । द सार्क फिल्म फेस्टिवलले सार्वजनिक गरेको चौध विधाको तीन विधामा नेपालले पनि अवार्ड जितेको हो ।kalo pothi poster

उत्कृष्ट सम्पादकमा भुपेन्द्र अधिकारीले फिल्म ‘’ डाईङ्ग क्यान्डल’’बाट यो अवार्ड प्राप्त गरेका छन् भने उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘’कालो पोथी’’बाट जेसन कुँवरले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै, फिल्म ‘’कालो पोथी’’ले उत्कृष्ट फिल्म ओपनको अवार्ड पनि आफ्नो पोल्टामा राख्न सफल भएको छ ।

‘’डाईङ्ग क्यान्डल’’ र ‘’कालो पोथी’’व्यावसायिक सफलतामा पछीपरे पनि समिक्षात्मक र प्रसंशनीय बनेको फिल्म हो । उत्कृष्ट सम्पादकको अवार्ड जित्न सफल भुपेन्द्र अधिकारीले फिल्म ‘’ डाईङ्ग क्यान्डल’’को सम्पादन काठमाडौँमा अवस्थित किन्डल सिने (रेड) स्टुडियोमा गरेका हुन् ।फिल्मको सम्पूर्ण पोष्ट प्रोडक्सनको काम त्यहीँ भएको हो ।

सम्पादक अधिकारीले अहिले सम्म सोलो सम्पादनमा ‘’तुईन’’ र सोलो बाहेक ‘’के म तिम्रो होईन र’’, ‘’प्रेम गीत २’’, निर्भय सम्पादन गरेका छन् । उनि हालै‘’कान्छी’’फिल्मको सम्पादनमा व्यस्त छन् । उनले उत्कृष्ट सम्पादकको अवार्ड प्राप्त गर्न पाउँदा आफुलाई निकै खुशी लागेको बताए । ‘’ भोलिको दिनमा अझै मिहिनेत गर्दै जान यो अवार्डले हौसला प्राप्त भएको छ’’ उनले भने ।आयोजकले सार्वजनिक गरेको विजेताहरुमा भारतले तीन, श्रीलंकाले ४,अफगानिस्तानले २, माल्दिभ्सले १ र बंगलादेशले १ विधाहरुमा अवार्ड प्राप्त गरेको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७