गोरखा सैनिक देवेन्द्र आले बने बेलायती सैनिकको उच्च अधिकृत


१९ माघ २०७५, शनिबार
Major Devendra Ale

लण्डन, १९ माघ । बेलायती गोरखा सैनिक देवेन्द्र आले बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन् । हाल ११ इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेले बिहीबार बसेको छनौट बोर्डले बढुवा गरेको हो । उनी बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेण्ट कर्णेल पदमा पुगेका हुन् ।

Major Devendra Ale

३० वर्षदेखि बेलायती सेनामा कार्यरत उनी उच्च पदमा पुग्ने पाँचौ नेपाली बनेका छन् । गोरखा भर्तीको २०० वर्ष भन्दा लामो इतिहासमा लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा सो पदमा पुगेका छन् । जसमध्ये खाम्चा मात्र सेवारत छन् भने अरु सबै सेवानिवृत्त भइसकेका छन् ।

उनले बेलायती सेनामा कार्यरत रहेका करिब २०० जना मेजरहरुलाई पछि पार्दे बढुवा भएका बताए । उनले भने, ‘मेजर पदमा सेवारत समकक्षीहरु करिब २०० जना छन् । त्यसमध्ये धेरैजना लेफ्टिनेण्ट कर्णेल पदका लागि प्रतिपस्र्धा गर्न योग्य छन्, तर गोरखा सैनिकहरु भने कोही पनि थिएनन् ।’
उनले अब नयाँ जिम्मेवारी अर्को वर्षबाट शुरु गर्नेछन् । करिब तीन वर्ष सेवा लेफ्टिनेण्ट कर्णेल पदमा कार्य गरेपछि उनी रिटायर्ड हुनेछन् ।

उनले यो भन्दा माथि आफु जाने सम्भावना भने नरहेको बताए । तर भविष्यमा भने सोझै कमिसनमा अधिकृत भएका गोरखा अफिसरहरु लेफ्टिनेण्ट कर्णेलभन्दा माथिल्लो ओहोदामा पुग्ने बताए ।

२२ वर्षमा भर्ती
स्याङ्जा बहाकोट भञ्ज्याङ नेपाल पुरख्यौली घर भएका आलेका पिता क्याप्टेन मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिक थिए । उनी पिता सिंगापुरमा रहेका बेला जन्मेका थिए । उनको पढाई भने हङकङ र नेपालमा भयो । हङकङको गोरखा स्कुलबाट एसएलसी गरे । भने अमृत साइन्स कलेज काठमाडौँमा आइएसी गरेका हुन् ।

आइएसीपछि उनी देहरादुन गएर पुनः बायलोजीमा प्लस टु गरे । फर्केर त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती भए । उनी २२ वर्षामा ब्रिटिश सेनाको क्लर्कमा भर्ती भएर सैन्य जीवन सुरुवात गरेका थिए ।

हाल श्रीमती दुर्गा आले र दुई छोराका साथ आले अल्डरसटमा बस्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७