बाबु बन्दै आर्यन सिग्देल


२२ माघ २०७५, मंगलवार
Aryan Sigdel

काठमाडौं, २२ माघ । चर्चित अभिनेता आर्यन सिग्देल बाबु बन्ने भएका छन् । सपना भण्डारीसँग वैवाहिक जीवनमा बाँधिएको करिब चार वर्षपछि उनी बाबु बन्न लागेका हुन् ।

Aryan Sigdel

स्रोतको अनुसार आर्यन पत्नी सपना भण्डारी करिब ७ महिनाको गर्भवती छिन् । तर आफू मातापिता बन्न लागेको कुरालाई आर्यन र सपनाले भने अधिकारिक रुपमा सार्वजनिक गरिसकेका छैनन् ।

आर्यन र सपनाको २०७१ साल वैशाख ६ गते विवाह भएको थियो । उनीहरुले लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् ।

Sapana Bhandari and aaryan sigdel1

अभिनेता आर्यन सिग्देल यति बेला विकासराज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’को छायांकनमा व्यस्त छन् । उनी चलचित्रको छायांकनका लागि यतिबेला सिक्किममा रहेको बताइएको छ । चलचित्रको छायांकन सकेर नेपाल फर्किए पश्चात भने उनी केही समय श्रीमती सपनाका साथमा रहने तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७