एनआई सी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा


२२ माघ २०७५, मंगलवार
nic asia bank

पर्वत, २२ माघ । एनआई सी एशिया बैंकले पर्वतस्थित जलजला गाउँपालिका वडा नं.३, वारीवेनी शाखाको उद्दघाटन गरेको छ । २०७५ वेशाख १९ गतेबाट कारोबार सुरु भएको उक्त शाखाका उद्दघाटन सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गरेका हुन् ।

nic asia bank

उद्दघाटन अध्यक्ष मल्लले बैंकले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

यस बैकले अहिले मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब तथाकर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७