एमएसि /एमए तथ्याङ्कशास्त्रको प्रवेश परीक्षाको नतिजा सार्वजनिक, भर्नाका लागि गरे आह्रवान


२३ माघ २०७५, बुधबार
Tribhuwan Univercity

काठमाडौं, २३ माघ । त्रिभुवन विश्वबिद्यालयले एमसि/एम तथ्याङ्कशास्त्र प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । एमएसि /एमए तथ्याङ्कशास्त्र प्रथम बर्षमा भर्ना हुनको लागि संचालन गरेको प्रबेश परीक्षाको नतिजा मंगलबार प्रकाशन गरेको हो ।

त्रि.विले माघ १९ गते प्रवेश परिक्षाका लागि देशभरको आंगित तथा सम्बन्धन दिएका क्याम्पसहरुको परिक्षा लिएको थियो ।

यसैगरी त्रि.वि.ले मेरिट लिष्टमा रहेका विद्यार्थीहरुलाई माघ २९ सम्म भर्ना गर्न पनि आह्वान गरेको छ । यदी २९ गते भित्र भर्ना नलिएमा बैकल्पीक सुचीमा रहेको विद्यार्थीहरुबाट भर्ना लिइने समेत बताएको छ । भर्ना हुन २२ हजार ६ सय ६० रुपैयाँ शुल्क तोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७