ओपोद्वारा तीव्र गतिमा बजार विस्तार गर्दे, एकै हप्तामा चार नयाँ बजार प्रवेश

उपभोक्ताका लागि नवप्रबर्तन पस्कने दृढ उद्देश्य


२३ माघ २०७५, बुधबार
OPPO

काठमाडौं, २२ माघ । विश्वमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले तिब्रताका साथआफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ । विश्वबजारमा विस्तारका क्रममा कम्पनीले यूके, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको हो ।

oppo

जनवरी २८ माओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले अदृतिय प्रविधि र कलात्मक डिजाइनको नमुनाका रुपमा परिचित आर १७ सिरिज भित्र्याएको थियो । सार्वजनिक अगाडी कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दूबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो ।

london

जनवरी २९मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लञ्ज ईभेन्टको आयोजना गरेको थियो । यसलाई ओपोको वैश्विकिकरणका लागि एक कोशेढुङका रुपमा पनि हेरिएको छ । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो ।

यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ । लगतै पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स१७सिरिज र ए सिरिजपनि सार्वजनिक गर्यो ।

सन् २०१८को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेञ्चरका रुपमा फ्रेञ्च बजारमा प्रवेश गरेको थियो । यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तर्ता दिएको छ । अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ ।

हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ । ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७