सागर आलेको पहिलो गीत केही दिनमै ट्रेडिङ १ मा


१४ मंसिर २०७४, बिहीबार
sagar ale

काठमाडौं : फ्रेण्ड चुवाज सो ‘नेपाल आइडल’को टप ४ मा पुग्न सफल सागर आलेकाे पहिलो गीत ट्रेडिङ १ मा परेको छ ।sagar ale
नेपाल आइडलको चर्चा अहिले सेलाएपनि सो प्रतियोगिताबाटै सबैभन्दा बढी अहिले सम्म चर्चामा रहन सफल सागर आले मगरको केही दिन अगाडी सार्वजनिक भएको नयाँ गीत केही दिनमै ट्रेडिङमा परेको हो ।
सागरले नयाँ गीत ‘पल्ला घरको कान्छी नानी’ आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो । उनकाे गीत सार्वजनिकपछि युटुब सस्क्राइब पनि हवात्तै बढेको छ ।
मनोज थापा मगरको शब्द र संगीत तथा गोपाल रसाइलीको एरेञ्जमा रहेको उक्त भिडियोमा अभिनेत्री मिरुना मगरको साथमा सागर स्वयम आफैले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडियो निर्देशन फराज अर्पनले निर्देशन गरेका छन्, भने हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रविन राईले ड्रोन चलाएका छन् ।
युट्युव ट्रन्डिङकै कुरा गर्ने हो भने साउथ सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘डिजे’ नेपाल युट्युव ट्रन्डिङको २ नम्बरमा झरेका छन् । लामो समयसम्म अल्लुको चलचित्र ट्रन्डिङ १ मा नेपालमा बसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७