विश्व कुराँस च्याम्पियनसिपमा भगवती


१४ मंसिर २०७४, बिहीबार
bhagati majjhi

काठमाडौं: सिनियर विश्व कुराँस च्याम्पियनसिपमा सहभागिता जनाउन भगवती माझी बिहीबार टर्कीको इस्तान्बुल गएकी छन् ।bhagati majjhi
डिसेम्बर १ देखि ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा भगवतीले महिला ५२ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । भगवतीसंगै नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतीक्षा खरेल पनि टर्की गएकी छन् ।
खरेल प्रतियोगिता दौरान हुने अन्तर्राष्ट्रिय कुराँस महासंघको कोंग्रेसमा सहभागी हुन टर्की प्रस्थान गरेकी हुन् । खरेलले महासंघको सदस्यमा उम्मेदवारी दिने कुराँस संघले जनाएको छ । उनीहरुलाई नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७